एक करोड ५१ लाख बराबरको समान प्रहरीको नियन्त्रणमा,  कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइयो 

काठमाडौँ। राजश्व छलेर भारतबाट भित्रयाइको एक करोड ५१ लाख बराबरको समान प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका  प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरीको टोलीले विभिन्न मितिमा बिल भरपाईभन्दा बढी र समानको स्रोत खुलाउन नसकेको १ करोड ५१ लाख ६ हजार ९ सय ४९ रूपैया बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिएको हो।   जीतपुर […]

Nov 19, 2024 - 16:52
 0
एक करोड ५१ लाख बराबरको समान प्रहरीको नियन्त्रणमा,  कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइयो 

काठमाडौँ।

राजश्व छलेर भारतबाट भित्रयाइको एक करोड ५१ लाख बराबरको समान प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका  प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरीको टोलीले विभिन्न मितिमा बिल भरपाईभन्दा बढी र समानको स्रोत खुलाउन नसकेको १ करोड ५१ लाख ६ हजार ९ सय ४९ रूपैया बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिएको हो।

  जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोक स्थितमा वीरगंजबाट हेटौडा तर्फ जाँदै गरेको मे १ ख ३२८८ नम्बरको बसमाबाट  लोड गरेको चिनी १४० किलो, मटर ५० किलो र प्याज ३५ किलो अन्दाजी २२,५०० मूल्य  बराबरको समान सोमबार सांझ  ईलाका प्रहरी कार्यालय अमलेखगंजले नियन्त्रणमा लिएको छ। 

 बारागढी गा.पा. वडा नं.६ सिहासनी चोकमा भन्सार छली गरी ल्याउँदै गरेको चिनी ६ बोरा, अचार ४ कार्टुन गरी २५,००० मूल्य  बराबरको बिल भरपाई नभएको समान इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार महागढीमाई न.पा.वडा नं.२ मैनी चोकमा  भन्सार छली गरी BR 05 AC 2583 नम्बरको मोटरसाइकलमा  लोड गरी ल्याउँदै गरेको  ३६,०००  बराबरको  बिल भरपाई नभएको मिठा ८ बोरा प्रहरी चौकी बरियारपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। 

 प्र.ब.ना.नि रोशन अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा वीरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ५ ख ७९२८ नं. को डब्बा ट्रकमा लोड गरेको  ६१,०३,४५०/- (एकसठ्ठि लाख तिन हजार चार सय पचास) बराबरको बिभिन्न खुद्रा समानहरू मंगलबार नियन्त्रणमा लिएको छ। 
 
यस्तै गत शनिबार प्रहरी चौकी पथलैयाबाट प्र.ब.ना.नि रोशन अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थित वीरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ३ ख ७२४४ नं.को ट्रकमा लोड गरेको ४१,८५,५१४/- (एक्चालिस लाख पचाँसि हजार  पाचँ सय चौध रूपैया) बराबरको (GAS cutter, flange, spares for 60 cum/hr., cast iron butterfly valve) लगाएतको  श्रोत खुलाउन नसकेको बिभिन्न खुद्रा समानहरू नियन्त्रणमा लिएको छ। 

त्यसै गरी शनिबारै  जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा वीरगंजबाट सुर्खेत तर्फ जाँदै गरेको ना ६ ख ७२२४ नं.को यात्रु बाहक बसमा लोड गरेको स्रोत खुलाउन नसकेको  १,४४,४८५/- (एक लाख चौवालिस हजार  चार सय पचासी  रूपैया) बराबरको खुर्सानी-१९ बोरा, मरिच पाउडर-३ कार्टुन, मिट मसाला-२ कार्टुन, काजु प्याकेट-३ कार्टुन  प्र.ब.ना.नि रोशन अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको बारा प्रहरीले जानकारी दिएको छ। नियन्त्रणलीइएको उक्त मूल्य बराबरको समान   कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीको भनाइ छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register