पोखराबाट काठमाडौं ल्याइएका पूर्वडीआईजी जोशीलाई आज अदालतमा पेस गरिने

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई आज (बुधबार) काठमाडौं जिल्ला अदालतमा पेस गरिने भएको छ । उनलाई मंगलबार काठमाडौं ल्याइएसँगै बयानका लागि अदालतमा पेस गर्न लागिएको हो । जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । यसर्थ उनलाई थप अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएको हो । राष्ट्रिय […]

Nov 20, 2024 - 02:17
 0
पोखराबाट काठमाडौं ल्याइएका पूर्वडीआईजी जोशीलाई आज अदालतमा पेस गरिने

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई आज (बुधबार) काठमाडौं जिल्ला अदालतमा पेस गरिने भएको छ । उनलाई मंगलबार काठमाडौं ल्याइएसँगै बयानका लागि अदालतमा पेस गर्न लागिएको हो ।

जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । यसर्थ उनलाई थप अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको थियो ।

लामिछानेलाई पनि यही साता काठमाडौं ल्याउने तयारी रहेको प्रहरीस्रोतले जनाएको छ । यसअघि अर्का आरोपित कुमार रम्तेललाई काठमाडौं ल्याएर अनुसन्धानपछि पोखरा फर्काइएको थियो ।

यस्तै मंगलबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पनि आज अदालतमा पेस गरिँदै छ ।

दुर्गा प्रसाईंलाई आज अदालतमा पेस गरिँदै

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register