नागरिक पहिलो अभियानको अपिल : उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई मतदान गरौँ

काठमाडौं । नागरिक पहिलो अभियानले स्थानीय तहको उपनिर्वाचनमा गैरदलीय स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गरेको छ । अभियानका प्रवक्ता प्रशान्त सिंहले आज प्रेस वक्तव्य जारी गर्दै कर्मठ, इमान्दार र क्षमतावान् गैरदलीय स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गरेका हुन् । वक्तव्यमा भनिएको छ, ‘देशमा दलतन्त्र, नेतातन्त्र, गुटतन्त्रआधारित कुशासन, भ्रष्टाचार, अतिदलीयकरण, कमिसनतन्त्र, सुस्त विकास र पक्षपात बढ्दै […]

Nov 28, 2024 - 08:29
 0
नागरिक पहिलो अभियानको अपिल : उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई मतदान गरौँ

काठमाडौं । नागरिक पहिलो अभियानले स्थानीय तहको उपनिर्वाचनमा गैरदलीय स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गरेको छ ।

अभियानका प्रवक्ता प्रशान्त सिंहले आज प्रेस वक्तव्य जारी गर्दै कर्मठ, इमान्दार र क्षमतावान् गैरदलीय स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गरेका हुन् ।

वक्तव्यमा भनिएको छ, ‘देशमा दलतन्त्र, नेतातन्त्र, गुटतन्त्रआधारित कुशासन, भ्रष्टाचार, अतिदलीयकरण, कमिसनतन्त्र, सुस्त विकास र पक्षपात बढ्दै गएको सन्दर्भमा स्थानीय निकायका लागि दलीयभन्दा गैरदलीय जनप्रतिनिधि बढी उपयोगी, कामकाजी र प्रभावकारी हुने देखिएको हुँदा निर्वाचनमा खडा भएका सबैभन्दा कर्मठ, इमान्दार र क्षमतावान गैरदलीय स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न हार्दिक आव्हान गर्दछौं ।’

पालिका र वडा लोकतान्त्रिक राज्य व्यवस्था र शासन प्रणालीका आधारस्तम्भ भएकोले त्यसलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने वक्तव्यमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register