अन्डरकभर एजेन्ट बताउँदै असुली धन्दा चलाउने डाक्टर पक्राउ

काठमाडौं । आफूलाई अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट बताउँदै रकम असुली गरेको आरोपमा प्रहरीले एक डाक्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको भोजपुर नगरपालिका–११ का ३२ वर्षीय डा. आशिष दाहाल छन् । उनी एमबीबीएस डाक्टर हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीलाई बुधबार शंखमुलबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार दाहालले अन्डरवर्ल्ड नेटवर्कको […]

Nov 20, 2024 - 11:35
 0
अन्डरकभर एजेन्ट बताउँदै असुली धन्दा चलाउने डाक्टर पक्राउ

काठमाडौं । आफूलाई अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट बताउँदै रकम असुली गरेको आरोपमा प्रहरीले एक डाक्टरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुरको भोजपुर नगरपालिका–११ का ३२ वर्षीय डा. आशिष दाहाल छन् । उनी एमबीबीएस डाक्टर हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीलाई बुधबार शंखमुलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दाहालले अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट बताएर ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरूलाई मेसेज गर्थे । मेसेजमा उनले भारतको बिहारसहित अन्य ठाँउबाट कन्ट्रयाक्ट किल्लर भाडामा लगाएर ज्यान मार्ने धम्की दिन्थे ।

उनले पीडितहरूसँग ५० हजारदेखि दुई लाख रुपैयाँसम्म रकम माग्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनले १९ जनालाई धम्की दिएको भन्दै कार्यालयमा उजुरी परेको थियो ।

थप कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register