धुलिखेल-वर्षेखोला सडक खण्ड राति बन्द हुने

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड रातिको समयमा बन्द हुने भएको छ । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाका कारण क्षति पुगेको उक्त सडक खण्ड स्तरोन्नति गर्न राति बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । ५ मंसिरदेखि अर्को सूचना जारी नहुन्जेलसम्म राति ९ बजेदेखि बिहान […]

Nov 20, 2024 - 13:47
 0
धुलिखेल-वर्षेखोला सडक खण्ड राति बन्द हुने

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड रातिको समयमा बन्द हुने भएको छ ।

गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाका कारण क्षति पुगेको उक्त सडक खण्ड स्तरोन्नति गर्न राति बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

५ मंसिरदेखि अर्को सूचना जारी नहुन्जेलसम्म राति ९ बजेदेखि बिहान ४ बजेसम्म सो सडक खण्ड बन्द रहने सडक डिभिजन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा जनाइए अनुसार भक्तपुरभित्र पर्ने बीपी राजमार्ग अन्तर्गत धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड (चौकी डाँडा, नार्के बजार र कालढुङ्गादेखि माम्तिखोला सम्म) डाइभर्सनको काम भइरहेकोले रातिको समयमा सडक बन्द रहने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register