महाराष्ट्रमा विधानसभा निर्वाचन : बुधबार साँझसम्म ५५.२२ प्रतिशत मतदान

मुम्बई । भारतको महाराष्ट्र राज्यमा जारी विधानसभा निर्वाचनअन्तर्गत बुधबार साँझ ५ बजेसम्ममा ५८.२२ प्रतिशत मत खसेको छ । भारतीय निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी गढचिरौली जिल्लामा ६९.६३ प्रतिशत मतदान भएको छ भने सबैभन्दा कम मुम्बईमा ४९.७ प्रतिशत मतदान भएको छ । ठाणेमा ४९.७६ प्रतिशत मतदान भएको छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुति […]

Nov 21, 2024 - 01:05
 0
महाराष्ट्रमा विधानसभा निर्वाचन : बुधबार साँझसम्म ५५.२२ प्रतिशत मतदान

मुम्बई । भारतको महाराष्ट्र राज्यमा जारी विधानसभा निर्वाचनअन्तर्गत बुधबार साँझ ५ बजेसम्ममा ५८.२२ प्रतिशत मत खसेको छ ।

भारतीय निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी गढचिरौली जिल्लामा ६९.६३ प्रतिशत मतदान भएको छ भने सबैभन्दा कम मुम्बईमा ४९.७ प्रतिशत मतदान भएको छ । ठाणेमा ४९.७६ प्रतिशत मतदान भएको छ ।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुति गठबन्धनमा शिवसेना र राष्ट्रवादी काङ्ग्रेस पार्टी छन् भने विपक्षी महाविकास अघाडी (एमभीए)मा काङ्ग्रेस, शिव सेना (यूबीटी) र राकांपा (शरदचन्द्र पवार) छन्।

महाराष्ट्र विधानसभा चुनावको २८८ सिटको एउटा चरण र झारखण्ड विधानसभा चुनावको दोस्रो चरणका लागि बुधबार बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । महाराष्ट्र र झारखण्डका सबै सिट र उपनिर्वाचनको नतिजा नोभेम्बर २३ मा घोषणा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register