सडकमा फोहोर पानी फाल्नेलाई १५ हजार जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा फोहोर पानी फाल्नेलाई कारवाही गरेको छ । फोहोर पानी फालेर सडक पेटी दुर्गन्धित बनाएको भन्दै महानगरले काठमाडौँ महानगरपालिका-४ का निरज न्यौपानेलाई कारवाही गरेको हो । महानगर प्रहरीका अनुसार न्यौपानेलाई कारवाहीस्वरुप १५ हजार रुपैयाँ जरिवाना तिराएको छ । सडक, सडकपेटी, सार्वजनिक स्थान फोहोर नगर्न निर्देशन दिँदादिँदै पनि सडक पेटीमा फोहोर पानी […]

Dec 22, 2024 - 12:17
 0
सडकमा फोहोर पानी फाल्नेलाई १५ हजार जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा फोहोर पानी फाल्नेलाई कारवाही गरेको छ । फोहोर पानी फालेर सडक पेटी दुर्गन्धित बनाएको भन्दै महानगरले काठमाडौँ महानगरपालिका-४ का निरज न्यौपानेलाई कारवाही गरेको हो ।

महानगर प्रहरीका अनुसार न्यौपानेलाई कारवाहीस्वरुप १५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

सडक, सडकपेटी, सार्वजनिक स्थान फोहोर नगर्न निर्देशन दिँदादिँदै पनि सडक पेटीमा फोहोर पानी फालेको पाइएपछि कारवाही गरिएको महानगर प्रहरीले जनाएको छ ।

पछिल्ला दिन काठमाडौँ महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई कारवाही गर्दै आएको छ । साथै महानगरपालिकाले जथाभावी फोहोर नफाल्न, खुल्ला स्थानमा आगो नबाल्न, जथाभावी पर्चा/पम्प्लेट नटाँस्न पनि आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register