रवि लामिछानेको सांसद पद अहिलेलाई निलम्बन मात्रै, दोषी ठहरिए चितवनमा पुनः उपनिर्वाचन हुने !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद नलिम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धिकरण ऐनअनुसार रविको सांसद पद स्वतः निलम्बनमा पर्ने भएको हो । सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम रविको सांसद पद निलम्बन हुने भएको छ । उक्त ऐनमा थुनामा रहेको अवधिभर र निज उपर […]

Dec 22, 2024 - 11:05
 0
रवि लामिछानेको सांसद पद अहिलेलाई निलम्बन मात्रै, दोषी ठहरिए चितवनमा पुनः उपनिर्वाचन हुने !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद नलिम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धिकरण ऐनअनुसार रविको सांसद पद स्वतः निलम्बनमा पर्ने भएको हो ।

सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम रविको सांसद पद निलम्बन हुने भएको छ ।

उक्त ऐनमा थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएमा सो मुद्दाको अन्तिम किनारा नभएसम्म राष्ट्रसेवक, कानून बमोजित स्थापित संस्थाको कर्मचारी वा पदाधिकारी स्वतः निलम्बन भएको मानिने उल्लेख छ ।

सम्पत्ति शुद्धिकरण निवारण ऐन अनुसार हाल मुद्दा दायर भएकाले उक्त मुद्दा टुंगोमा नपुग्दासम्म रविको सांसद पद निलम्बनमा परेको हो । कानूनविद्हरुका अनुसार अदालतले रविलाई उक्त मुद्दामा सफाई दिए उनको सांसद पदको निलम्बन फुकुवा हुनेछ । यदि अदालतले उक्त मुद्दामा रविलाई दोषि ठहर गरे रवि निर्वाचित चितवन क्षेत्र नम्बर २ मा पुनः उपनिर्वाचन हुनेछ ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रविमाथि सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ मागदाबीसहित जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register