ब्राजिलमा भएको विमान दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलको ग्रामाडोमा आइतबार बिहान एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । “विमान एउटा भवनको चिम्नीमा ठोक्कियो र त्यसपछि फर्निचर स्टोरमा खस्यो,” रियो ग्रान्डे डो सुल राज्यको सुरक्षा सचिवालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ । “नागरिक सुरक्षाले नौ जनाको मृत्यु भएको पुष्टि गरेको छ र विमानमा […]

Dec 22, 2024 - 16:47
 0
ब्राजिलमा भएको विमान दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलको ग्रामाडोमा आइतबार बिहान एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

“विमान एउटा भवनको चिम्नीमा ठोक्कियो र त्यसपछि फर्निचर स्टोरमा खस्यो,” रियो ग्रान्डे डो सुल राज्यको सुरक्षा सचिवालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

“नागरिक सुरक्षाले नौ जनाको मृत्यु भएको पुष्टि गरेको छ र विमानमा कोही पनि जीवित छैनन्,” राज्य सिभिल पुलिसको आन्तरिक पुलिस विभागका निर्देशक क्लेबर डोस सान्तोस लिमाले बताए ।

कम्तिमा १५ जनालाई अस्पताल लगिएको थियो, जसमध्ये अधिकांश घाइते भएका थिए । विमान रियो ग्रान्डे डो सुलको अर्को पर्यटकीय सहर क्यानेला नगरपालिकाबाट उडेको थियो ।

ग्रामाडो ब्राजिलको एक लोकप्रिय पर्यटक सहर हो, जहाँ क्रिसमसको मौसममा पर्यटकहरूको उल्लेखनीय आगमन हुन्छ । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register