खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौंमा र्‍याली (तस्वीरहरू)

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै खबरदारी र्‍याली निकालिएको छ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिले बिहीबार उपत्यकामा र्‍याली निकालेको हो । र्‍यालीमा राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झा, अभियन्ता सुमन सायमीलगायत थिए । उनीहरूले ‘जनतालाई उठिबास गर्ने गैर […]

Nov 21, 2024 - 05:23
 0
खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौंमा र्‍याली (तस्वीरहरू)

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै खबरदारी र्‍याली निकालिएको छ ।

गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिले बिहीबार उपत्यकामा र्‍याली निकालेको हो ।

र्‍यालीमा राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झा, अभियन्ता सुमन सायमीलगायत थिए ।

उनीहरूले ‘जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’ लगायत नारा लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।

ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारबाट सुरु भएको र्‍याली काठमाडौंको माइतीघर मण्डलासम्म पुगेको थियो ।

सर्वोच्च अदालतले नदी तथा खोला किनारमा थप २० मिटर छोड्नुपर्ने आदेश दिएसँगै सो क्षेत्रका जनता तथा अभियन्ता आन्दोलित छन् ।

हेरौं तस्वीरमा :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register