स्वास्थ्यसम्बन्धी नियमावली स्वीकृत गर्ने बागमती सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेशको बिहीबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली, २०८१ र प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) नियमावली, २०८१ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार उक्त बैठकले निजामति सेवाका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका […]

Nov 21, 2024 - 11:23
 0
स्वास्थ्यसम्बन्धी नियमावली स्वीकृत गर्ने बागमती सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेशको बिहीबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली, २०८१ र प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) नियमावली, २०८१ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार उक्त बैठकले निजामति सेवाका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका अधिकृतलाई कामकाजमा खटाउने, परियोजना सम्झौता (प्रोजेक्ट एग्रिमेन्ट)मा राय/सहमति प्रदान गर्ने र राय/सहमतिमा हस्ताक्षर गर्न आधिकारिक प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register