पत्रकार महासङ्घको निर्वाचन : अहिलेसम्म कहाँ कसले जिते ? (सूचीसहित)

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिले कुन-कुन ठाउँको मतपरिणाम आएको छ, हेरौँ – पत्रकार महासङ्घ बागमती प्रदेशको अध्यक्षमा प्रेस सेन्टर नेपालका उम्मेदवार कृष्ण सारू मगर विजयी भएका छन् । एसोसिएट प्रदेशको अध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् । ललितपुर शाखाको अध्यक्षमा प्रेस सेन्टरका रामहरि कार्की निर्वाचित भएका छन् […]

Dec 14, 2024 - 06:27
 0
पत्रकार महासङ्घको निर्वाचन : अहिलेसम्म कहाँ कसले जिते ? (सूचीसहित)

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिले कुन-कुन ठाउँको मतपरिणाम आएको छ, हेरौँ –

पत्रकार महासङ्घ बागमती प्रदेशको अध्यक्षमा प्रेस सेन्टर नेपालका उम्मेदवार कृष्ण सारू मगर विजयी भएका छन् । एसोसिएट प्रदेशको अध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् ।

ललितपुर शाखाको अध्यक्षमा प्रेस सेन्टरका रामहरि कार्की निर्वाचित भएका छन् । सिन्धुपाल्चोक शाखाको अध्यक्षमा ध्रुव दंगाल निर्वाचित भएका छन् । दंगाल प्रेस युनियन सिन्धुपाल्चोकका पूर्वअध्यक्ष हुन् ।

पाल्पा जिल्ला शाखाको अध्यक्षमा कमलराज तिमिल्सिना निर्वाचित भएका छन् । कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् । बराल प्रेस युनियनका हुन् ।

रौतहटको अध्यक्षमा सञ्जय कुमार कार्की विजयी भएका छन्। उनी प्रेस युनियनका उम्मेदवार हुन् । रसुवा शाखाको अध्यक्ष पदमा केशवप्रसाद पौडेल चयन भएका छन् ।

पर्सा शाखाको अध्यक्ष पदमा ओमप्रकाश खनाल विजयी भएका छन् । भक्तपुर शाखाको अध्यक्ष पदमा सुन्दर शिल्पकार विजयी भएका छन्।

मोरङ शाखाको अध्यक्षमा सुशिला पाठक निर्वाचित भएकी छन् । ताप्लेजुङ शाखाको आठौँ जिल्ला अधिवेशनले सुवास आर्चायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

म्याग्दी शाखाको अध्यक्षमा हरिकृष्ण गौतम सर्वसम्मत चयन भएका छन् । सङ्खुवासभा शाखाको अध्यक्ष पदमा कृष्णराज शाक्य निर्वाचित भएका छन् । जुम्ला शाखाको अध्यक्ष पदमा पूर्णप्रसाद चौलागाई निर्वाचित भएका छन् ।

सप्तरी शाखामा पुनः प्रेस युनियनबाट श्रवणकुमार देव निर्वाचित भएका छन् । झापा शाखाको अध्यक्षमा एकराज गिरी दोहोरिएका छन् ।

महोत्तरी शाखा अध्यक्षमा महेश दास निर्वाचित भएका छन् । धनुषा शाखाको अध्यक्षमा पुरन साह निर्वाचित भएका छन् ।

सोलुखुम्बुको अध्यक्षमा राससकर्मी सुवास दर्नाल, जुम्ला शाखाको अध्यक्षमा पूर्णप्रसाद चौलागाईं निर्वाचित भएका छन् । यस्तै, सुनसरी शाखाको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित भएका छन् ।

यस्तै, महासङ्घको केन्द्रीय सदस्यमा अर्जुन पन्त र सूर्य सुवेदी निर्वाचित भएका छन् । निर्वाचित पन्त र सुवेदी प्रेस सेन्टर निकटका हुन् ।

महासङ्घको केन्द्रीय सदस्य पदमा वीरेन्द्र ओली र सविता शर्मा निर्वाचित भएका छन् । प्रतिष्ठान प्रदेशबाट उनीहरु निर्वाचित भएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register