रास्वपाले केन्द्रीय अनुशासन आयोगमा थप्यो २ सदस्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले केन्द्रीय अनुशासन आयोगमा २ जना सदस्य थप गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र हरिचन्द्र भट्टराईलाई थप गरेको हो । साथै, संगठन विभागमा धर्म केसी, गोपाल घिमिरे र डा. विमल तिवारीलाई मनोनीत गरिएको रास्वपाले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले केन्द्रीय अनुशासन आयोगमा २ जना सदस्य थप गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र हरिचन्द्र भट्टराईलाई थप गरेको हो ।
साथै, संगठन विभागमा धर्म केसी, गोपाल घिमिरे र डा. विमल तिवारीलाई मनोनीत गरिएको रास्वपाले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
यस्तै रास्वपा सचिवालय बैठकले केन्द्रीय समितिको विस्तारित बैठक समेत बोलाएको छ । पुस १९ देखि २१ गतेसम्म बस्ने गरी केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको हो । बैठकमा अन्य समसामयीक विषयमा समेत छलफल भएको बताइएको छ ।
What's Your Reaction?






