सम्बन्धविच्छेद पछिको पहिलो पोस्ट, के कारण खुसी छन् एआर रहमान ?

काठमाडौं । भारतका चर्चित संगीतकार एआर रहमानले मंगलबार राति आफ्ना फ्यानहरूलाई चकित पारे, जब उनी र उनकी श्रीमती सायरा बानोले २९ वर्षको वैवाहिक जीवनपछि अलग भएको घोषणा गरे । आफ्नो आधिकारिक एक्स ह्यान्डलमा सेयर गरिएको उक्त पोस्टपछि रहमान अहिलेसम्म मौन छन् । यद्यपि, शुक्रबार बिहान संगीतकारले बिछोडपछि आफ्नो पहिलो सामाजिक सञ्जाल पोस्ट साझा गरेका छन् […]

Nov 22, 2024 - 07:35
 0
सम्बन्धविच्छेद पछिको पहिलो पोस्ट, के कारण खुसी छन् एआर रहमान ?

काठमाडौं । भारतका चर्चित संगीतकार एआर रहमानले मंगलबार राति आफ्ना फ्यानहरूलाई चकित पारे, जब उनी र उनकी श्रीमती सायरा बानोले २९ वर्षको वैवाहिक जीवनपछि अलग भएको घोषणा गरे ।

आफ्नो आधिकारिक एक्स ह्यान्डलमा सेयर गरिएको उक्त पोस्टपछि रहमान अहिलेसम्म मौन छन् । यद्यपि, शुक्रबार बिहान संगीतकारले बिछोडपछि आफ्नो पहिलो सामाजिक सञ्जाल पोस्ट साझा गरेका छन् ।

यो पोस्टमा संगीतकार खुसी व्यक्त गरेको देखिन्छ । आखिर के हो यसको पछाडिको कारण जानौं-

वास्तवमा, एआर रहमानले बिहीबार ठूलो जित हासिल गरे । उनले मलयालम फिल्म ‘द गोट लाइफ’मा आफ्नो कामको लागि हलिउड म्युजिक इन मिडिया अवार्ड्स २०२४ मा सर्वश्रेष्ठ स्कोर-विदेशी भाषा फिल्मको पुरस्कार जिते । रहमानले यस विषयमा खुशी व्यक्त गर्न सामाजिक सञ्जालको सहारा लिएका छन् ।

रहमानले मध्य रातपछि एक्समा हलिउड म्युजिक इन मिडिया अवार्ड्समा विजेताहरूको पूर्ण सूचीमा बिलबोर्ड आर्टिकल सेयर गरेका थिए । यसमा उनले लेखेका छन्, ‘स्कोर–इन्डिपेन्डेन्ट फिल्म (विदेशी भाषा), द गोट लाइफ–एआर । रहमान ।’

पोस्ट हेरेर फ्यान र साथी कलाकारहरुले संगीतकारलाई बधाई दिएका छन् । धेरैले यसलाई ‘ओस्कार २०२५’मा रहमान सम्मानित हुने बाटो खुला भएको भनेका छन् ।

रहमानले बिहीबार साँझ एउटा भिडिओ पनि सार्वजनिक गरेका थिए । यसमा फिल्मको टिम र फ्यानलाई आफ्नो साथ दिएकोमा उनले धन्यवाद भनिरहेको देखिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register