बोल्न नसक्ने कुमारी र भकभकाएर बोल्ने कान्छाको प्रेमकथा

आज शनिबार । फुर्सद छ, के गर्ने भन्ने प्रश्न मनमा खेलिरहेको छ । वैचारिक पुस्तकको गहिराइमा डुब्ने कि कुनै रोमाञ्चक फिल्मको संसारमा हराउने? नयाँ ठाउँ घुम्न जाने कि घरमै बस्दै आराम गरेर समय बिताउने ? शनिबारको समय कटाउने अनेक तरिका हुन सक्छन् । कोही पुस्तक पढेर विचार सम्पन्न हुन चाहन्छन् भने कोही संगीत सुनेर मन […]

Nov 23, 2024 - 04:23
 0
बोल्न नसक्ने कुमारी र भकभकाएर बोल्ने कान्छाको प्रेमकथा

आज शनिबार ।
फुर्सद छ, के गर्ने भन्ने प्रश्न मनमा खेलिरहेको छ । वैचारिक पुस्तकको गहिराइमा डुब्ने कि कुनै रोमाञ्चक फिल्मको संसारमा हराउने? नयाँ ठाउँ घुम्न जाने कि घरमै बस्दै आराम गरेर समय बिताउने ?

शनिबारको समय कटाउने अनेक तरिका हुन सक्छन् । कोही पुस्तक पढेर विचार सम्पन्न हुन चाहन्छन् भने कोही संगीत सुनेर मन शान्त पार्छन् । तर, यदि तपाईं मनोरञ्जनात्मक फिल्म हेर्न चाहनुहुन्छ भने हामीले एक उत्कृष्ट नेपाली सिनेमा सिफारिस गरेका छौं ।

***

प्रेममा कहिलेकाहीँ शब्दभन्दा परको संवाद हुन्छ । बोल्न नसक्ने कुमारी र निरन्तर भकभकाएर बोल्ने कान्छाको अनौठो प्रेमकथा हो— ‘कथा’ ।

कुमारी (उषा रजक) र कान्छा (सौगात मल्ल) गहिरो प्रेममा बाँधिएका छन् । उनीहरूको प्रेम संसार कुनै सपनाजस्तो छ, जहाँ न कुमारीका मौनता अर्थहीन छन्, न त कान्छाका अनियन्त्रित शब्दहरू बोझ । तर, जीवनले सधैँ सपनाजस्तै रहन कहाँ दिन्छ र ?

कुमारीको पीडा र कान्छाको संघर्ष यस्तो हुन्छ कि दर्शकको मन छुन्छ । कुमारी र कान्छा बिहे गर्ने तयारीमा हुन्छन्, तर गरिबीले छेउ लाग्छ ।

कान्छाले चौँरी लिएर हिमालतिर जानु पर्ने बाध्यता आउँछ । “फर्केर बिहे गर्छु,” भनेर कान्छा साथी सोनाम (सोनाम राई) सँगै हिमालतिर लाग्छन् ।

तर, कान्छाको अनुपस्थितिमा कुमारीको पेटमा बच्चा हुर्किन थाल्छ । यो घटनाले कुमारीलाई समाजको तिरस्कार र आफ्नै आमाको आँखा झुकाउन बाध्य बनाउँछ ।

फर्कने वाचा, तर…

कुमारी र कान्छा टाढिएका छन्, तर उनीहरूको मन एकअर्कासँगै छ । कान्छा हिमालमा छन्, कुमारी गाउँमा। तर, प्रश्न उठ्छ— यी दुई कहिले भेटिने हुन् ? या उनीहरूको भेट अब सम्भव छैन ?

‘कथा’ केवल कुमारी र कान्छाको प्रेमकथा होइन । यो कान्छा र सोनामबीचको मित्रताको कथा पनि हो । प्रशान्त रसाइलीको निर्देशनले यो फिल्मलाई भावनात्मक गहिराइ दिएको छ । सौगात मल्ल र उषा रजकको सशक्त अभिनयले पात्रहरूलाई यथार्थ बनाएको छ ।

फिल्मका दृश्यहरू हिमाली सौन्दर्यले भरिपूर्ण छन् । सिक्किमको पहाडी गाउँको मनमोहक दृश्यले कथालाई थप जीवन्त बनाएको छ। फिल्मको कथा न्यारेट गर्ने शैलीले दर्शकलाई अन्तिमसम्म बाँधिराख्छ ।

लामो समय मनमा बस्ने फिल्म

सन् २०११ मा रिलिज भएको ‘कथा’ ले आलोचक र दर्शक दुवैको मन जित्यो । प्रेम, पीडा, मित्रता र समाजको तिरस्कारको कथालाई भावनात्मक र कलात्मक रूपमा प्रस्तुत गरिएको यस फिल्मले लामो समयसम्म मनमा बास बस्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register