के तपाईँलाई थाहा छ, २४ सै घण्टा उपलब्ध छ हेलो सरकारको सेवा
काठमाडौं । हेलो सरकारले २४ सै घण्टा आफ्नो सेवा दिँदै आएको छ । जनताका गुनासो तथा समस्या सुन्न सरकारले सञ्चालनमा ल्याएको हटलाइन सेवा कार्यालय बाहेकको समयमा पनि उपलब्ध हुन थालेको एक वर्ष पूरा भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको हेलो सरकार सूचना प्रविधिमा आधारित उजुरी तथा गुनासो व्यवस्थापन प्रणाली हो । फेसबुक, एक्स (ट्वीटर), स्काइप, भाइबर, ईमो, वेबसाइट, फोन, एसएमएस, फ्याक्स लगायतका माध्यमबाट हेलो सरकारले उजुरी तथा गुनासो सङ्कलन गर्दै आइरहेको छ । डिजिटल माध्यमबाट नागरिकलाई सरकारसँग जडान गर्न...

What's Your Reaction?






