राखेपमा रिक्त ८ बोर्ड सदस्यहरू नियुक्त
काठमाडौं। सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा रिक्त ८ बोर्ड सदस्यहरू नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले परिषद्को रिक्त रहेको सदस्यहरु नियुक्त गरेको हो । बैठकले शान्तीकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) नियुक्त गरेको […]

काठमाडौं। सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा रिक्त ८ बोर्ड सदस्यहरू नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले परिषद्को रिक्त रहेको सदस्यहरु नियुक्त गरेको हो ।
बैठकले शान्तीकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) नियुक्त गरेको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।
राखेपका उपाध्यक्ष शिव कोइरालाको ४ वर्षे कार्यकाल सकिएपछि ५ महिनादेखि रिक्त रहेको उपाध्यक्ष भने अर्को हप्ता नियुक्त हुने बताइएको छ ।
What's Your Reaction?






