एनओसीको निर्वाचनमा सर्वोच्चको रोक
काठमाडौं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचनमा रोक लगाएको छ । कमल चित्रकारले दायर गरेको रिटमाथी न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले बिहीबार कारण देखाऊ आदेश जारी गरेको हो । अध्यक्ष जीवनराम श्रेष्ठले एकलौटी रुपमा निर्वाचन गर्न लागेको भन्दै चित्रकारले रिट दायर गरेका थिए । सरकारले पनि श्रेष्ठ नेतृत्वको वर्तमान कार्यसमितिलाई निर्वाचन नगर्न निर्देशन […]

काठमाडौं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचनमा रोक लगाएको छ ।
कमल चित्रकारले दायर गरेको रिटमाथी न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले बिहीबार कारण देखाऊ आदेश जारी गरेको हो ।
अध्यक्ष जीवनराम श्रेष्ठले एकलौटी रुपमा निर्वाचन गर्न लागेको भन्दै चित्रकारले रिट दायर गरेका थिए ।
सरकारले पनि श्रेष्ठ नेतृत्वको वर्तमान कार्यसमितिलाई निर्वाचन नगर्न निर्देशन दिएपनि एनओसीको निर्वाचन पुस १३ गते हुने तय थियो ।
What's Your Reaction?






