बुद्ध फाउन्डेसनको तेस्रो अधिवेशन १९ जनवरीमा, नयाँ नेतृत्व चुनिने

लन्डन- बेलायतको क्रियाशिल सामाजिक संस्था बुद्ध फाउन्डेसन यूके आफ्नो अधिवेशन तयारीमा जुटेको छ । फाउन्डेसनको तेस्रो अधिवेशन आगामी १९ जनवरी आइतबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्याप्रिकनमा हुने तय भएको छ । अधिवेशनले फाउन्डेसनको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ कार्यसमिति निर्वाचनका लागि सल्लाहकार शिवजी श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरिएको छ । समितिमा सल्लाहकार फडिन्द्र […]

Dec 26, 2024 - 13:04
 0
बुद्ध फाउन्डेसनको तेस्रो अधिवेशन १९ जनवरीमा, नयाँ नेतृत्व चुनिने

लन्डन- बेलायतको क्रियाशिल सामाजिक संस्था बुद्ध फाउन्डेसन यूके आफ्नो अधिवेशन तयारीमा जुटेको छ ।

फाउन्डेसनको तेस्रो अधिवेशन आगामी १९ जनवरी आइतबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्याप्रिकनमा हुने तय भएको छ ।

अधिवेशनले फाउन्डेसनको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ कार्यसमिति निर्वाचनका लागि सल्लाहकार शिवजी श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरिएको छ । समितिमा सल्लाहकार फडिन्द्र भट्टराई सदस्य सचिव तथा सल्लाहकार विनोद ज्ञवाली र शशी थापा सुब्बा सदस्य छन् ।

अध्यक्ष दीपक श्रेष्ठले अधिवेशनमा सहभागी हुन संस्थाका सबै सदस्य तथा सल्लाहकारहरुलाई आव्हान गरेका छन् । संस्थाको नयाँ नेतृत्व चयनदेखि भावी कार्यदिशा तर्जुमासम्मका महत्वपूर्ण कार्य रहेकाले अधिवेशनमा सबैको रचनात्मक सहभागिताको अपेक्षा गरिएको उनले बताए ।

सन् २०१७ मा स्थापना भएको बुद्ध फाउन्डसनको नेतृत्व हालसम्म संस्थापक अध्यक्ष दीपक श्रेष्ठको काँधमा छ ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गर्ने मूल उद्धेश्यसाथ लन्डनमा सुरु भएको अभियानले पछि फाउन्डेसनको रुप लिएको थियो। फाउन्डेसनले बुद्धको जन्मस्थल र शान्ति सन्देशको प्रचारप्रसार साथै लुम्बिनी र समग्र नेपालकै पर्यटन प्रवद्र्धनको लक्ष्य राखेर विभिन्न गतिविधि गर्दै आएको छ ।

लन्डनको ट्राफल्गर स्क्वारयमा बुद्धजयन्ती कार्यक्रम आयोजना गर्दै आएको फाउन्डेसनले बुद्धको जन्मस्थल कपिल्वस्तुमा झण्डै डेढ करोड लगानीमा निर्माण गरेको बुद्ध वृद्धाश्रम पनि अहिले करिब समापनको चरणमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register