मकैको रोटी खानुका फाइदा

काठमाडौं । मकै हाम्रो देशको प्रमुख बालीमध्ये एक हो । यो स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ । यसको विभिन्न तरिकार बनाएर खाने गरिन्छ । यसबाट बन्ने एउटा परिकार रोटी पनि हो । मकैको रोटी स्वादमा मात्र मिठो होइन, स्वास्थ्यका लागि पनि अत्यन्त फाइदाजनक हुन्छ । यसमा म्याग्नेसियम, पोटासियम, जिंक, आइरन, फस्फोरस, तामा, सेलेनियम, भिटामिन–ए र […]

Nov 22, 2024 - 10:17
 0
मकैको रोटी खानुका फाइदा

काठमाडौं । मकै हाम्रो देशको प्रमुख बालीमध्ये एक हो । यो स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ । यसको विभिन्न तरिकार बनाएर खाने गरिन्छ । यसबाट बन्ने एउटा परिकार रोटी पनि हो । मकैको रोटी स्वादमा मात्र मिठो होइन, स्वास्थ्यका लागि पनि अत्यन्त फाइदाजनक हुन्छ ।

यसमा म्याग्नेसियम, पोटासियम, जिंक, आइरन, फस्फोरस, तामा, सेलेनियम, भिटामिन–ए र अन्य एन्टी–अक्सिडेन्टहरू पाइन्छ । यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ र आँखाका लागि पनि धेरै फाइदाजनक छ । मकैमा भिटामिन र खनिजको राम्रो मात्रा हुन्छ र यसमा फाइबर प्रशस्त मात्रामा पाइन्छ ।

मकैको पीठोले हामीलाई स्वास्थ्यको हिसाबले धेरै फाइदा पुर्‍याउँछ । यसमा भएको फाइबरले हाम्रो पाचन प्रक्रियालाई पनि सुधार गर्न सक्छ । यसका अन्य फाइदाबारे जानौँ-

आँखाका लागि

मकैको पीठोबाट बनेको रोटीमा क्यारोटेनोइड र भिटामिन–ए को राम्रो मात्रा हुन्छ । त्यसैले यो हाम्रो स्वास्थ्य र विशेष गरी आँखाका लागि धेरै फाइदाजनक छ ।

रक्ताल्पता वा एनिमिया हटाउँछ

एनिमिया भनेको हाम्रो शरीरमा रातो रक्त कोशिकाको कमी हो । जसका लागि हामीलाई आइरन युक्त खानेकुराहरू आफ्नो आहारमा बढी भन्दा बढी समावेश गर्न सल्लाह दिइन्छ । मकैमा पर्याप्त मात्रामा आइरन हुन्छ, त्यसैले रगतको कमी वा एनीमिया जस्ता समस्यामा मकैको पीठोबाट बनेको रोटी खाँदा राम्रो हुन्छ ।

कोलेस्ट्रोलका लागि

मकैमा पर्याप्त मात्रामा फाइबर हुन्छ । जसले हाम्रो रगतमा कोलेस्ट्रोलको स्तर बढ्दैन । यसरी मकैको पीठोको रोटी मुटुका रोगहरूमा पनि धेरै प्रभावकारी छ । साथै मकैमा फाइबर भएको कारणले यो खाँदा हामीलाई कब्जियतको समस्याबाट पनि ठूलो राहत मिल्छ ।

तौल घटाउन

मकैको रोटी खाँदा चाँडै भोक लाग्दैन र शरीरमा ऊर्जा कायम रहन्छ । जसले गर्दा तपाईंको बारम्बार खाने बानी कम हुँदै जान्छ । यसरी तौल नियन्त्रणमा रहन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register