सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई बेलायती अवार्ड

लन्डन— नेपालका सीमाविद् बुद्धिनारायण श्रेष्ठले बेलायती अवार्ड प्राप्त गरेका छन् । श्रेष्ठलाई बेलायतस्थित डरहाम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले ‘रेमन्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गरेको हो । दक्षिण एसियाको पहाडी, विवादित भू–भागमा रहेको सिमानाको व्याख्या र उजागर गरेको भन्दै आइब्रुले श्रेष्ठलाई सम्मानित गरेको हो । पुरस्कार राशी ७ सय ४५ स्टर्लिङ पाउन्ड […]

Dec 23, 2024 - 20:16
 0
सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई बेलायती अवार्ड

लन्डन— नेपालका सीमाविद् बुद्धिनारायण श्रेष्ठले बेलायती अवार्ड प्राप्त गरेका छन् ।

श्रेष्ठलाई बेलायतस्थित डरहाम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले ‘रेमन्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गरेको हो ।

दक्षिण एसियाको पहाडी, विवादित भू–भागमा रहेको सिमानाको व्याख्या र उजागर गरेको भन्दै आइब्रुले श्रेष्ठलाई सम्मानित गरेको हो ।

पुरस्कार राशी ७ सय ४५ स्टर्लिङ पाउन्ड छ ।

सन् १९९२ मा नेपालको नापी विभागको महानिर्देशकको रूपमा काम गरेपछि श्रेष्ठले ‘बोर्डर म्यान अफ नेपाल’ को रूपमा आफूलाई अघि सारेका विश्वविद्यालयले जनाएको छ ।

सीमा व्यवस्थापन र सीमाक्षेत्र पुनर्प्राप्तिका कानुनी मुद्दाहरूमा आफूलाई शिक्षित गरेपछि श्रेष्ठले आफूलाई सीमा अध्ययनमा केन्द्रित गरे । ऐतिहासिक सन्धि र मानचित्रको जटिलताहरू र समकालीन विवाद समाधानका विषय समेटेर उनले १४ वटा पुस्तक लेखेका छन् ।

माइलफस्की पुरस्कार प्रत्येक वर्ष सीमा निर्माण वा सीमापार सहयोग गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register