संगीत प्रवीण नरराज ढकालको १०४ औं जन्म जयन्तिमा उमा थापा सम्मानित ।

Dec 1, 2024 - 04:59
 0
संगीत प्रवीण नरराज ढकालको १०४ औं जन्म जयन्तिमा उमा थापा सम्मानित ।


मंसिर १६, काठमाडौं । संगीत प्रवीण नरराज ढकालको १०४ औं जन्म जयन्तिको अवसरमा हिजो संगीत प्रवीण नरराज ढकाल स्मृति  प्रतिष्ठानले वरिष्ठ सितार बादिका उमा थापालाई सम्मान गरेको छ । 
काठमाडौंको एैतिहासिक नारायणस्थान मन्दिर, दरबारमार्गमा आयोजित कार्यक्रममा थापालाई प्रमुख अतिथी बरिष्ठ शास्त्रीय गायक श्रीराम आर्चायले नगद बीस हजार सहित सम्मान गर्नु भएको थियो । कार्यक्रममा सितार बादिका थापाले सितार बादनमा ठुमरी   प्रस्तुत गर्नु भएको थियो ।


यसैगरी कार्यक्रममा प्रमुख अतिथी श्रीराम आर्चायले आफना परम गुरु नरराज प्रति समर्पित राग मन ज्यातिमा आधारित शास्त्रीय गायन प्रस्तुत गर्नु भएको थियो । 


कार्यक्रममा नरराज ढकाललका पुत्रद्धय  प्रभुराज ढकाल र प्रतीकराज ढकालले पनि शास्त्रीय गायन प्रस्तुत गर्नु भएको थियो । 
नेपालमा शास्त्रीय गायनमा हिन्दी बन्दिसको बोलवाला रहेका बेला  नरराज ढकालले सर्वप्रथम नेपाली बन्दिसको रचना गरि शास्त्रीय गायनमा नेपाली बन्दिसमा शास्त्रीय गायन गाउने प्रचलनको थालनी गर्नु भएको थियो । 
उहाँका त्यतिखेरको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट वि.स. २०४६ सालमा शास्त्रीय गायन र २०५५ सालमा संगीत—सुमन नामक दुइवटा शास्त्रीय संगीतका पुस्तक प्रकाशन भएका छन । उहाँद्धारा रचित बन्दिसहरुमा राष्ट्र भक्तिको भावना पाइन्छ । उहाँद्धारा गाइएका शास्त्रीय बन्दिसहरु रेडियो नेपालमा सुन्न सकिन्छ । 


कार्यक्रममा नेपाली काँग्रेसका सभासद भीमसेनदास  प्रधान लगायत बरिष्ठ शास्त्रीय कलाकार , कलाकारहरुको उपस्थिति रहेको थियो । 
संगीत प्रवीण नरराज ढकालको जन्म वि.स.१९७७ साल मंसिर १५ गते काठमाडौंको धोबिचौर, क्षेत्रपाटीमा भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register