अष्ट्रेलियाविरुद्धको अन्तिम टेस्टमा नयाँ कीर्तिमान रच्ने दाउमा भारतीय बलर बुमराह

काठमाडौं । भारत र अष्ट्रेलियाबीचको बोर्डर–गावस्कर ट्रफीअन्तर्गतको पाँचौं तथा अन्तिम टेस्ट क्रिकेट शुक्रबार हुँदैछ । यसैबीच आईसीसीले भारतीय क्रिकेट टोलीका फास्ट बलर जसप्रित बुमराहले अर्को खेलमा ६ विकेट लिनेबित्तिकै नयाँ कीर्तिमान बनाउने बताएको छ । आईसीसीले बुधबार सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएको हो । यसर्थ शुक्रबार अष्ट्रेलियाविरुद्ध मैदानमा उत्रँदा बुमराह नयाँ कीर्तिमान रच्ने दाउमा हुनेछन् […]

Jan 1, 2025 - 07:47
 0
अष्ट्रेलियाविरुद्धको अन्तिम टेस्टमा नयाँ कीर्तिमान रच्ने दाउमा भारतीय बलर बुमराह

काठमाडौं । भारत र अष्ट्रेलियाबीचको बोर्डर–गावस्कर ट्रफीअन्तर्गतको पाँचौं तथा अन्तिम टेस्ट क्रिकेट शुक्रबार हुँदैछ ।

यसैबीच आईसीसीले भारतीय क्रिकेट टोलीका फास्ट बलर जसप्रित बुमराहले अर्को खेलमा ६ विकेट लिनेबित्तिकै नयाँ कीर्तिमान बनाउने बताएको छ ।

आईसीसीले बुधबार सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएको हो । यसर्थ शुक्रबार अष्ट्रेलियाविरुद्ध मैदानमा उत्रँदा बुमराह नयाँ कीर्तिमान रच्ने दाउमा हुनेछन् ।

बुमराहले बोर्डर–गावस्कर ट्रफीको यस टेस्ट क्रिकेट सिरिजमा अहिलेसम्म ३० विकेट लिएका छन् ।

उनी हालै सबैभन्दा कम टेस्ट खेलमा २०० विकेट लिने पहिलो भारतीय फास्ट बलर बनेका थिए ।

बुमराहले आफ्नो ४४ औं टेस्ट खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।

पाँच खेलको सिरिजमा अस्ट्रेलियाले दुई खेल जितेको छ । जबकि भारतले एक खेलमा जित र एक खेल बराबरी गरेको छ ।

भारतीय क्रिकेट टोलीले शृङ्खला बराबरी गर्न पाँचौं टेस्ट म्याच जित्नु पर्नेछ ।

बुमराहको कीर्तिमान : २०० विकेट लिने पहिलो भारतीय फास्ट बलर

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register