झापाको महाभारतकालीन कृष्णथुम्की क्षेत्रको पुनर्निर्माण

झापा, १७ पुस । धार्मिक पर्यटकीयस्थल कृष्णथुम्कीमा सङ्घीय सरकारको सहयोगमा मन्दिर र गुम्बाको मर्मतसम्भार गरिएको छ । महाभारतकालीन पौराणिक कथनअनुसार भगवान् श्रीकृष्णले गाई चराएको किंवदन्ती जोडिएका सो स्थलमा गाईको खुरको छाप रहेको पवित्र शिला रहेको छभने मन्दिर वरपर श्रीकृष्ण र पाँच पाण्डवको प्रतीकका पमा पाथी आकारको छवटा मनमोहक डाँडा छन् । मेचीनगर नगरपालिका–१ स्थित कृष्णथुम्की [...] The post झापाको महाभारतकालीन कृष्णथुम्की क्षेत्रको पुनर्निर्माण appeared first on Jhapa Online.

Jan 1, 2025 - 02:18
 0
झापाको महाभारतकालीन कृष्णथुम्की क्षेत्रको पुनर्निर्माण

झापा, १७ पुस । धार्मिक पर्यटकीयस्थल कृष्णथुम्कीमा सङ्घीय सरकारको सहयोगमा मन्दिर र गुम्बाको मर्मतसम्भार गरिएको छ । महाभारतकालीन पौराणिक कथनअनुसार भगवान् श्रीकृष्णले गाई चराएको किंवदन्ती जोडिएका सो स्थलमा गाईको खुरको छाप रहेको पवित्र शिला रहेको छभने मन्दिर वरपर श्रीकृष्ण र पाँच पाण्डवको प्रतीकका पमा पाथी आकारको छवटा मनमोहक डाँडा छन् ।

मेचीनगर नगरपालिका–१ स्थित कृष्णथुम्की मन्दिर र गुम्बाको मर्मतसम्भारमा रु ३० लाख ३९ हजार एक सय ८० खर्च भएको कृष्णथुम्की विकास समितिका अध्यक्ष हिम्मत क्षेत्रीले बताए । यसमा सहरी विकास मन्त्रालयले रु २८ लाख पाँच हजार एक सय ९७ सहयोग गरेको र समितिको आन्तरिक स्रोतबाट रु दुई लाख ३४ हजार छ सय २६ जुटाइएको उनले जानकारी दिए ।

मन्दिर र गुम्बाको मर्मतसम्भारपछि कृष्णथुम्की धार्मिक क्षेत्रको मुहार नै फेरिएको छ । पहाडी अग्लो टाकुरामा रहेको मूल मन्दिर पुग्न रेलिङसहितको पक्की सिँढी निर्माण गरिएको छभने गुम्बा, साकेला थान र राधाकृष्णको मन्दिर रङरोगन गरेर आकर्षक बनाइएको छ ।

समितिका सचिव डिगेन्द्र थापाले मूल मन्दिरमा पित्तलको छानो लगाइएको जानकारी दिनुभयो । साकेलाथान र गुम्बाको प्राङ्गण ढलान गरिएको छ । मन्दिर र बगैँचा परिसरमा ब्लक र टायल्स बिछ्याएको छ । पूर्वीद्वार काँकडभिट्टाबाट १७ किलोमिटर उत्तर मेची र सिद्धी नदीको सङ्गमस्थलमा रहेको कृष्णथुम्की धार्मिक क्षेत्र हिन्दू, किरात र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । बर्सेनि हजारौँ बाह्य तथा आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् ।

यो क्षेत्र दृश्यावलोकनका लागि पनि प्रसिद्ध छ । यहाँका छवटै थुम्कीबाट नेपाल र भारतको टाढासम्मको भूभाग अवलोकन गर्न सकिन्छ । द्वापर युगमा श्रीकृष्णले चराएको गाईको खुरको दर्शन र दृश्यावलोकन गर्न नेपाल र भारतका पर्यटक आउने गरेको समितिका अध्यक्ष क्षेत्रीले बताए ।

झापाको काँकडभिट्टाबाट इलामको सलकपुर र श्रीअन्तु जोड्ने सडक स्तरोन्नति गर्ने कार्य धमाधम भइरहेको र दक्षिणतिरबाट सडक कालोपत्र भइरहेको हुँदा आगामी दिनमा कृष्णथुम्कीसम्म पुग्नका लागि पर्यटकलाई सहज हुने क्षेत्रीले बताए ।

पूर्वपश्चिम राजमार्गलाई चार लेनको एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको र बाहुनडाँगीमा मदन भण्डारी राजमार्गको प्रस्थानबिन्दु रहेका कारण बाहुनडाँगी क्षेत्रका कृष्णथुम्कीलगायत ऐतिहासिक धार्मिक क्षेत्रको पर्यटन प्रवरद्धनमा सघाउ पुग्ने सम्भावना छ ।

The post झापाको महाभारतकालीन कृष्णथुम्की क्षेत्रको पुनर्निर्माण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register