हवाई टिकट नहुँदा रविको काठमाडौं यात्रामा ढिलाइ : साँझसम्ममा ल्याउने सम्भावना

काठमाडौं । सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (मंगलबार) कास्कीको पोखराबाट काठमाडौं ल्याउने प्रक्रियामा ढिलाइ भएको छ । आज (मंगलबार) बिहान ११ बजेसम्म पनि काठमाडौंबाट हवाई टिकट प्राप्त नभएकाले ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । ‘हालसम्म काठमाडौं प्रहरीबाट कुनै कागजात र हवाई […]

Nov 26, 2024 - 05:35
 0
हवाई टिकट नहुँदा रविको काठमाडौं यात्रामा ढिलाइ : साँझसम्ममा ल्याउने सम्भावना

काठमाडौं । सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (मंगलबार) कास्कीको पोखराबाट काठमाडौं ल्याउने प्रक्रियामा ढिलाइ भएको छ ।

आज (मंगलबार) बिहान ११ बजेसम्म पनि काठमाडौंबाट हवाई टिकट प्राप्त नभएकाले ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

‘हालसम्म काठमाडौं प्रहरीबाट कुनै कागजात र हवाई टिकट प्राप्त भएको छैन,’ कास्कीक प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले नेपालभ्युजसँग भने ।

लामिछानेलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाडौं पठाउने भनिएको थियो । तर त्यसमा ढिलाइ भइरहेको छ ।

अब उनलाई आज साँझतिर मात्रै काठमाडौं ल्याउने सम्भावना रहेको काठमाडौं प्रहरीका एक अधिकारीले नेपालभ्युजलाई जानकारी दिए ।

कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याउन लागिएको हो । उनलाई आज जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराउने कार्यतालिका छ ।

लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशी र कुमार रम्तेललाई यसअघि नै काठमाडौंमा ल्याएर बयान लिइ पुनः पोखरा फर्काइसकिएको छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते अपराध गरेको आरोपमा कास्की प्रहरीको हिरासतमा छन् ।

आइतबार मात्रै कास्की जिल्ला अदालतले उनलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ । यसपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
लामिछानेलाई दुई वा तीन दिन काठमाडौंमा राखेर बयान लिने बताइएको छ ।

पोखराको सूर्यदर्शनलगायत सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

लामिछानेमाथि रुपन्देही र चितवनमा पनि मुद्दा परेको छ । रुपन्देहीमा उनको बयान सकिएको छ भने चितवनमा बाँकी छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register