सृजनशील महिला समाजको वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न 

काठमाडौँ  । महिला हक अधिकार, जागरण, विकास निर्माण,  जलवायु परिवर्तन र वातावरण सुधारको  क्षेत्रमा उल्लेख्य कार्य गर्दै निरन्तर  सक्रिय रहँदै आएको काठमाडौँ तारकेश्वर नगरपालिका ४ मा रहेको सृजनशील महिला समाज नेपालको आठौँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।    समाजकी अध्यक्ष सुस्मा रेग्मीको  अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथिको आसनबाट बोल्दै  तारकेश्वर […]

Dec 28, 2024 - 11:53
 0
सृजनशील महिला समाजको वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न 

काठमाडौँ  ।

महिला हक अधिकार, जागरण, विकास निर्माण,  जलवायु परिवर्तन र वातावरण सुधारको  क्षेत्रमा उल्लेख्य कार्य गर्दै निरन्तर  सक्रिय रहँदै आएको काठमाडौँ तारकेश्वर नगरपालिका ४ मा रहेको सृजनशील महिला समाज नेपालको आठौँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 

  समाजकी अध्यक्ष सुस्मा रेग्मीको  अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथिको आसनबाट बोल्दै  तारकेश्वर नगरपालिका ४ की वडा सदस्य विन्दु थापाले सृजनशील महिला समाजले महिला हक अधिकारको लागि उल्लेख्य कार्य गरिरहेको र  आगामी दिनमा सबै दिदी बहिनीको हरेक समस्याको साथी बन्न सक्नुपर्ने बताइन् ।

प्रमुख अतिथिको रुपमा रहेकी थापाले समाजमा आबद्ध सबै महिला दिदीबहिनीहरूले स्वरोजगार मूलक कार्य गर्नुपर्ने र त्यसका लागि वडाबाट सहयोग गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाइन् । उनले सृजनशील महिला समाजलाई अझै उत्कृष्ट बनाउन सबै जना एकीकृत भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन् ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा वडा नं ४ का अर्का वडा सदस्य अर्जुन घिमिरेले सृजनशील महिला समाज सबै महिला दिदीबहिनीहरूको सहारा र भरोसा बन्नुपर्ने बताए । घिमिरेले समाजले गर्ने रचनात्मक र सिर्जनात्मक कार्यमा आफूहरू हरपल सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

कार्यक्रममा अध्यक्षको आसन बाट बोल्दै संस्थाकी अध्यक्ष सुस्मा रेग्मीले सबै दिदी बहिनीको सहयोग र साथबाट समाज अघि बढिरहेको र समाजका लागि आगामी दिनमा पनि यस्तै प्रकारको सहयोग र साथ आवश्यक रहने बताइन् । कार्यक्रममा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डित, तारकेश्वर सरसफाइ तथा वातावरण संरक्षण प्रालिका व्यवस्थापक केदार खत्री, सुजाता अधिकारी, समाजका रञ्जना शर्मा, हिमा भण्डारी, सुभद्रा चालिसे लगायतले शुभकामना लगायतका विभिन्न मन्तव्य व्यक्त गर्नुका साथै सहभागी महिला दिदीबहिनीहरूले विभिन्न कविता तथा सिर्जनाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रम निकै उल्लासमय र पारिवारिक वातावरणमा सम्पन्न भएको थियो । सो कार्यक्रममा कलाकारहरू यशोदा लिम्बु, नानु गुरुङ, सपना र हुमकुमारी गुरुङले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप उल्लासमय  र रोमाञ्चक बनाएका थिए ।  सो साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register