सुरुङ्गामा गाई काटेको विरोधमा गरिएको चक्का जाम खुल्यो

कनकाई, ११ मंसिर । झापाको कनकाई–३ स्थित सुरुङ्गामा गाई काटेको विषयलाई लिएर गरिएको चक्का जाम खुलेको छ । मंगलबार बिहानको राति लैनो गाई काटेको विरोधमा आज साँझ नाराबाजीसहित सडक अवरुद्ध गरिएको थियो । गौहत्या गरेको बिषयलाई लिएर श्री शताक्षीधाम गोलोक गोवर्धन गौशालाका गुरुसहित हिन्दूधर्मालम्बीहरुले सुरुङ्गा बजारमा चक्काजाम गरेका थिए। उनीहरुले गौहत्या गर्नेलाई पक्राउ गरी कडा [...] The post सुरुङ्गामा गाई काटेको विरोधमा गरिएको चक्का जाम खुल्यो appeared first on Jhapa Online.

Nov 26, 2024 - 13:48
 0
सुरुङ्गामा गाई काटेको विरोधमा गरिएको चक्का जाम खुल्यो

कनकाई, ११ मंसिर । झापाको कनकाई–३ स्थित सुरुङ्गामा गाई काटेको विषयलाई लिएर गरिएको चक्का जाम खुलेको छ । मंगलबार बिहानको राति लैनो गाई काटेको विरोधमा आज साँझ नाराबाजीसहित सडक अवरुद्ध गरिएको थियो ।

गौहत्या गरेको बिषयलाई लिएर श्री शताक्षीधाम गोलोक गोवर्धन गौशालाका गुरुसहित हिन्दूधर्मालम्बीहरुले सुरुङ्गा बजारमा चक्काजाम गरेका थिए। उनीहरुले गौहत्या गर्नेलाई पक्राउ गरी कडा कारवाही गरिनु पर्ने मागसहित बिभिन्न नाराबाजी गर्दै सडक अवरुद्ध बनाएका थिए ।

धर्मगुरुको मागलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले गौहत्या गर्नेलाई पक्राउ गरी कडा कारवाही गर्ने बिषयमा पहल गर्ने आश्वसन दिएसँगै हिन्दूवादी धर्मगुरुहरुले कनकाई माईमा बौदिक सनातन संकार अनुसार गाईको दाहसंस्कार गरेसँगै अवरोध सडक खुलेको हो ।

प्रहरीले सडक अवरुद्ध हटाउने प्रयास गरिरहेको बुझिएको छ । स्थानीय पूर्णप्रसाद फुँयालको गोठमा बाँधेको लीलाप्रसाद सिलवालको पहिलो बेते गाई अज्ञात समूहले काटेर गौहत्या गरेको थियो । बिहान दुहुन जाँदा गोठमा गाई नदेखेपछि चोरी भएको भन्दै सिलवालले इलाका प्रहरी कार्यालय सुरुङ्गामा खबर गरेका थिए । गाईको खोजी गर्दा सोही स्थानका लीला संग्रौलाको घरभित्र काटेर मारेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले गाई काट्ने समूहको खोजतलास सुरु गरेको जनाएको छ ।

The post सुरुङ्गामा गाई काटेको विरोधमा गरिएको चक्का जाम खुल्यो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register