मेरोमाइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त

काठमाडौँ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कल्याण बिक्रम पाण्डे र सञ्चालकमा सुमन मुलेपति नियुक्त भएका छन् । मंसिर ६ गते बसेको संस्थाको १६३औँ सञ्चालक समितिको बैठकले उनीहरूलाई उक्त पदमा नियुक्त गरेको हो । यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्रतिनिधि सुमित बाबु खत्री संस्थापक संस्था सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबाट अलग भएकोले सञ्चालकमा […]

Nov 27, 2024 - 06:23
 0
मेरोमाइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त

काठमाडौँ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कल्याण बिक्रम पाण्डे र सञ्चालकमा सुमन मुलेपति नियुक्त भएका छन् । मंसिर ६ गते बसेको संस्थाको १६३औँ सञ्चालक समितिको बैठकले उनीहरूलाई उक्त पदमा नियुक्त गरेको हो ।

यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्रतिनिधि सुमित बाबु खत्री संस्थापक संस्था सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबाट अलग भएकोले सञ्चालकमा बस्न पाउँदैनन् ।

संस्थाका नवनियुक्त अध्यक्ष पाण्डेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । पाण्डे यसअघि पनि संस्थाको संस्थापक (प्रतिनिधि: ग्लोबल आइएमई बैंक) समुहको तर्फबाट विगत ५ वर्षदेखि निरन्तर रुपमा सञ्चालक समितिमा रहेर काम गरिसकेका व्यक्ति हुन् ।

सोही बैठकले सुमन मुलेपतीलाई पनि सञ्चालकमा नियुक्ति गरेको छ । उनी संस्थापक सेयरधनी सिटिजन बैंक इन्टरनेसनल लिमिटेडको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । सञ्चालक मुलेपती सो बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register