बुधबार ३८.८१ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ बिन्दुमा पुगेको हो। नेप्सेमा कुल ३ सय १६ कम्पनीको एक करोड ७१ लाख ८३ हजार ८ सय ५४ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ । आज […]

Nov 27, 2024 - 09:41
 0
बुधबार ३८.८१ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ बिन्दुमा पुगेको हो।

नेप्सेमा कुल ३ सय १६ कम्पनीको एक करोड ७१ लाख ८३ हजार ८ सय ५४ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको लिमिटेडको भएको छ । यस कम्पनीको ३४ करोड १ लाख १२ हजार २ सय ३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा बिशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुधबार बिशाल बजार कम्पनीसहित ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register