आफू कार्यरत बैंकले आज सार्वजनिक बिदा नदिएको भन्दै हेल्लो सरकारमा उजुरी, राष्ट्र बैंकलाई लेखी पठाउने तयारी !  

काठमाडौँ । सार्वजनिक बिदाको दिन पनि हाकिमले काम गर्न लगाएको भन्दै हेल्लो सरकारमा उजुरी परेको छ । विभिन्न तीन बैंकका बैंकरले बिदाको दिन पनि काम गर्न लगाइएको भन्दै हेल्लो सरकारमा उजुरी दिएका हुन् ।  उनीहरुले सार्वजनिक बिदाको दिन पनि हाकिमले ‘अफिस आइहाल्नुभयो, काम गर्नुस्’ भनेर काममा लगाएको भन्दै हेल्लो सरकारमा उजुरी गरेका हुन् ।  बैंकरहरुले […]

Nov 18, 2024 - 08:17
 0
आफू कार्यरत बैंकले आज सार्वजनिक बिदा नदिएको भन्दै हेल्लो सरकारमा उजुरी, राष्ट्र बैंकलाई लेखी पठाउने तयारी !  

काठमाडौँ । सार्वजनिक बिदाको दिन पनि हाकिमले काम गर्न लगाएको भन्दै हेल्लो सरकारमा उजुरी परेको छ । विभिन्न तीन बैंकका बैंकरले बिदाको दिन पनि काम गर्न लगाइएको भन्दै हेल्लो सरकारमा उजुरी दिएका हुन् । 

उनीहरुले सार्वजनिक बिदाको दिन पनि हाकिमले ‘अफिस आइहाल्नुभयो, काम गर्नुस्’ भनेर काममा लगाएको भन्दै हेल्लो सरकारमा उजुरी गरेका हुन् । 

बैंकरहरुले दिएको उजुरीपछि हेल्लो सरकारले नेपाल राष्ट्र बैंकलाई लेखी पठाउने तयारी गरेको बुझिएको छ । सार्वजनिक बिदाको दिन पनि काममा लगाउनु सरकारको निर्णय अवज्ञा हुने भन्दै बैंकहरुको नियमनकारी निकाय राष्ट्र बैंकमा लेखी पठाउने तयारी गरिएको हो । 

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तर, सरकारको निर्णय सार्वजनिक हुँदासम्म अधिकांश बैंकर र कर्मचारी अफिस पुगिसकेका थिए । अफिस पुगे पनि सरकारी बैंक र सरकारी कार्यालयका कर्मचारी घर फर्किएका थिए भने प्राइभेट बैंकमा ‘अफिस नै आइसकेपछि काम गरौँ’ भनेर हाकिमले अफिस पुगेका बैंकरलाई काम गर्न लगाएका थिए । 

तर, सार्वजनिक बिदाको दिन पनि काम गर्न लगाएको भन्दै बैंकरले हेल्लो सरकारमा उजुरी दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register