नीलकण्ठ नगरको हिउँदे नगरसभा : सबै वडामा पिच सडक पुर्‍याइने, चार महिनामा  १६ दशमलव ७८ प्रतिशत बजेट खर्च

धादिङ । नीलकण्ठ नगरपालिकाले यही  कार्यकालमा १४ ओटा वडा कार्यालयहरुसम्म पिच सडक पुर्‍याउने योजनामा काम भइरहेको नगरपालिका प्रमुख भीम ढुङ्गानाले बताएका छन् । नीलकण्ठ नगरपालिकाको दोस्रो नगर सभाको छैटौँ अधिवेशनको अवसरमा नगरपालिका प्रमुख ढुङ्गानाले हिउँदे सभामा चार महिनाको अवधिमा  भएका नीति तथा कार्यक्रमको समीक्षा गर्दै यही कार्यकालमा सबै वडा कार्यालयसम्म पिच सडक पुर्‍याउने बताए । […]

Nov 27, 2024 - 15:52
 0
नीलकण्ठ नगरको हिउँदे नगरसभा : सबै वडामा पिच सडक पुर्‍याइने, चार महिनामा  १६ दशमलव ७८ प्रतिशत बजेट खर्च

धादिङ ।

नीलकण्ठ नगरपालिकाले यही  कार्यकालमा १४ ओटा वडा कार्यालयहरुसम्म पिच सडक पुर्‍याउने योजनामा काम भइरहेको नगरपालिका प्रमुख भीम ढुङ्गानाले बताएका छन् ।

नीलकण्ठ नगरपालिकाको दोस्रो नगर सभाको छैटौँ अधिवेशनको अवसरमा नगरपालिका प्रमुख ढुङ्गानाले हिउँदे सभामा चार महिनाको अवधिमा  भएका नीति तथा कार्यक्रमको समीक्षा गर्दै यही कार्यकालमा सबै वडा कार्यालयसम्म पिच सडक पुर्‍याउने बताए ।

यस वर्षको नीति तथा कार्यक्रममा पहेँलो कार्ड भएका अपांगता भएका व्यक्तिहरुको स्वास्थ्यबिमा गर्दा नगरपालिकाले ६० प्रतिशत रकम तिरिदिने भएको छ ।
नगरपालिकाले विगतमा ९० प्रतिशत व्यहोर्दै आएको पशु विमा कार्यक्रम भने पुनः गर्नका लागि निर्देशन दिएपनि अलमलमा परेको पाइएको छ ।
टोलविकास संस्थाहरुमार्फत सडकबत्ती हालिएको स्थानमा नगरपालिकाले ५० प्रतिशत विद्युत् महसुल व्यहोर्दै आएको छ ।

हिउँदे नगरसभामा ढुङ्गानाले ३३ बुँदामा शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, तथा उद्योग व्यवसायका बारेमा समीक्षा तथा नितिहरु प्रस्तुत गरे ।
नीलकण्ठ नगरपालिका उपप्रमुख दीपक विश्वकर्माले बजेटको समीक्षा गर्दै यस आर्थिक वर्षको चार महिना ११ दिनमा १६ दशमलव ७८ प्रतिशत बजेट खर्च भएको बताए । गत आर्थिक वर्षमा १ अरब २४ करोड ७ लाख ९३ हजार २ सय २३ बजेट विनियोजन गरेकोमा पूँजीगततर्फ ७४ दशमलव ३८ प्रतिशतमात्र बजेट खर्च गरेको थियो ।

१ अरब २२ करोड २३ लाख ९२ हजार ४ सय रुपैयाँ यस आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको नीलकण्ठ नगरपालिकाले आन्तरिक आय तर्फ ६ करोड अनुमान गरेकोमा चार महिनाको अवधिमा २७ दशमलव ७५ प्रतिशत आन्तरिक राजश्व सङ्कलन भएको उपप्रमुख विश्वकर्माले बताए ।

गत वर्ष पनि ६ करोड आन्तरिक आर्य अनुमान गरेकोमा ४ करोड ९ लाख ८२ हजार ६ सय ७० मात्र आन्तरिक आय भएको थियो ।

नीलकण्ठ नगरपालिकाले यस आर्थिक वर्षदेखि चार महिनासम्म फोहोर व्यवस्थापन शुल्क नतिर्नेहरुको फोहोर नउठाउने र नगरपालिका तथा वडा कार्यालयले दिने सेवा रोक्ने निर्णय नगर सभाले गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register