अमेरिकामा आप्रवासी संकटका कारण सन् २०२४ मा घरबारविहीनको संख्या उच्च

अमेरिका । संयुक्त राज्य अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको एक नयाँ रिपोर्टले देखाएको छ। देशमा करिब २० वर्षअघि संघीय सरकारले यस विषयमा रेकर्ड राख्न सुरु गरेको थियो । सन् २०२४ को जनवरीमा एकै रातमा करिब सात लाख ७२ हजार मानिस घरबारविहीन भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो […]

Dec 28, 2024 - 12:18
 0
अमेरिकामा आप्रवासी संकटका कारण सन् २०२४ मा घरबारविहीनको संख्या उच्च

अमेरिका । संयुक्त राज्य अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको एक नयाँ रिपोर्टले देखाएको छ। देशमा करिब २० वर्षअघि संघीय सरकारले यस विषयमा रेकर्ड राख्न सुरु गरेको थियो ।

सन् २०२४ को जनवरीमा एकै रातमा करिब सात लाख ७२ हजार मानिस घरबारविहीन भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।

ब्लुमबर्ग न्यूजले शुक्रबार सरकारी प्रतिवेदनलाई उद्धृत गर्दै भनेको छ, “यो सङ्ख्या सन् २०२३ को तुलनामा ३९ प्रतिशतले वृद्धि भएको र यसमध्ये ८० हजारभन्दा बढी बालबालिका भएका परिवार रहेका छन् ।

जनवरीमा न्युयोर्क शहर, डेनभर, सिकागो र अन्य शहरहरूमा आप्रवासीहरूको आगमनले आश्रय प्रणालीलाई सङ्कटमा पार्दा पारिवारिक बेघर वा आश्रयविहीन जनसङ्ख्याको यो वृद्धि, लगभग ७ प्रतिशतले बढेको छ ।

सीमामा कमजोर सुरक्षाको कारण आप्रबासीहरूको प्रवेश बढेको र यसरी आएका आप्रबासी दक्ष र यसका कारण उनीहरू बेरोजगार बन्ने र घरबारबिहीन हुने क्रम बढ्ने गरेको छ । यसबाहेक दुर्व्यसनीका कारण पनि अमेरिकीहरूले आफ्नो आश्रयस्थल गुमाउँदा घरबारबिहीन बन्ने गरेका रिपोर्टमा उल्लेख गरिएको छ।

ह्वाइट हाउस र अमेरिकी आवास तथा शहरी विकास विभागका अधिकारीहरूका अनुसार बाइडेनले शरणको दाबीमाथि कडा कदम चालेपछि गत जुनदेखि नै यो संकट कम भएको जनाएका छन् ।

अधिकारीहरूले गैरकानुनी रूपमा सीमा पार गर्ने क्रम निकै कम भएको बताएका छन् । सिन्ह्वा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register