शिवसताक्षीमा मिनी मेलासहित बृहत चासोक तङ्नाम मनाइँदै

सरोज भट्टराईशिवसताक्षी, १४ मंसिर । झापाको शिवसताक्षीको दुधेमा चासोक तङनाम पर्व भव्यताका साथ मनाइने भएको छ। शिवसताक्षी किराँत याक्थुङ चुम्लुङ र नालिफुङ चुम्भो शिवसताक्षीको आयोजनामा २०८१ मंसिर २४ गतेदेखि ३० गतेसम्म नगरस्तरीय दुधे रङ्गशालामा मिनी मेलासहितको बृहत रुपमा चासोक तङ्नाम पर्व मनाइने भएको हो । दूधे रंगशालामा २४ गतेदेखि २९ गतेसम्म मिनी मेला लाग्ने र [...] The post शिवसताक्षीमा मिनी मेलासहित बृहत चासोक तङ्नाम मनाइँदै appeared first on Jhapa Online.

Nov 29, 2024 - 10:00
 0
शिवसताक्षीमा मिनी मेलासहित बृहत चासोक तङ्नाम मनाइँदै

सरोज भट्टराई
शिवसताक्षी, १४ मंसिर ।
झापाको शिवसताक्षीको दुधेमा चासोक तङनाम पर्व भव्यताका साथ मनाइने भएको छ। शिवसताक्षी किराँत याक्थुङ चुम्लुङ र नालिफुङ चुम्भो शिवसताक्षीको आयोजनामा २०८१ मंसिर २४ गतेदेखि ३० गतेसम्म नगरस्तरीय दुधे रङ्गशालामा मिनी मेलासहितको बृहत रुपमा चासोक तङ्नाम पर्व मनाइने भएको हो ।

दूधे रंगशालामा २४ गतेदेखि २९ गतेसम्म मिनी मेला लाग्ने र ३० गते बृहत चासोक तङ्नाम पर्वको आयोजना गरिएको आयोजक किराँत याक्थुङ चुम्लुङका अध्यक्ष विरबल जवेगुले जानकारी दिए । पछिल्लो समय चासोक तङ्नामलाई जातिय पर्वको रुपमा मात्र नभई सबै भाषा, धर्म र समुदायका मानिसहरु भेला भएर मनाउने गरिएको र यसलाई साझा पर्वको रुपमा मनाइने अध्यक्ष जवेगुले बताए । उनले चासोक तङ्नाम सप्ताव्यापी रुपमा मनाइने भएको हुँदा कार्यक्रम आउने आगन्तुकहरुले लगाउनु भएको मौलिक पोशाकको मूल्याङ्कन गरी उत्कृष्ट पोशाक लगाउने दुई जोडीलाई पुरस्कृत गरिने बताए । त्यस्तै मौलिक खेल, मौलिक खानपिनको स्टल राखिने, मौलिक पोशाकको प्रदर्शन गर्नेलगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।

आयोजक संस्थाले सञ्चालन मनाउन लागेको चासोक तङ्नाम पर्व नेपालकै ठूलो हुने दावी गरेको गरिएको छ । चासोक तङ्नाम लिम्बू समुदायले महान चाडको रुपमा मनाउँदै आएको चाड हो । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात उँधौली पूजा पनि भन्ने गरिन्छ । उँधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चडाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूजातिहरुलार्ई उनीहरूकै भाषामा याक्थुङ्बा भनेर चिनाउने गरेका छन् । किराँत समुदाय अनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।

कार्यक्रम सबै समुदायको साझा भएकाले च्याबरुङ नाच, सन्थाल नाथ, मारुनी नाच लगायत विभिन्न जातजातिका नाचहरू प्रस्तुत गरिने । त्यस्तै मिनी मेलामा नेपालका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक समितिका प्रवक्ता सन्तोष थोप्राले जानकारी दिए ।

थोप्राका अनुसार मेलामा लिम्बु गायकहरुमा लिम्बु भाषाका गीतहरु समेत प्रस्तुत गरिने छ । त्यस्तै विभिन्न खेल तमासा, रोटेपिङ, बालिबालिकाहरुका लागि खेलहरुका लगायत कानुनले बर्जित नगरिएका खेल तामासाहरु रहने छन् ।

चासोक तङ्नाममा अहिले नै खर्चको यनिक नभएपनि देश तथा विदेशमा रहनु भएका दाजुभाईहरुले सहयोग रकम पठाउन सुरु गरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार मिनी मेलाबाट संकलन भएको रकम समाजिक क्षेत्रमा खर्च गरिने जनाएको छ ।

The post शिवसताक्षीमा मिनी मेलासहित बृहत चासोक तङ्नाम मनाइँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register