लन्डन ओटुमा गुन्जिए कन्दरा र स्वप्न सुमन

लन्डन । पोखरेली ब्याण्ड कन्दराले शनिबार लन्डनको विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा ऐतिहासिक कन्सर्ट गरेको छ । नेपालीका विरलै कार्यक्रम हुने उक्त भेन्यूमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकहरुको बेजोड लाइभ संगीतमा झण्डै दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पारे । कन्दराले ब्याण्ड स्थापनाको ३२ वर्षको इतिहासमा ओटु सांझलाई ‘अविष्मरणीय’ भनेको छ । उसले यही स्टेजमा आफ्नो […]

Jan 5, 2025 - 15:37
 0
लन्डन ओटुमा गुन्जिए कन्दरा र स्वप्न सुमन

लन्डन । पोखरेली ब्याण्ड कन्दराले शनिबार लन्डनको विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा ऐतिहासिक कन्सर्ट गरेको छ ।

नेपालीका विरलै कार्यक्रम हुने उक्त भेन्यूमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकहरुको बेजोड लाइभ संगीतमा झण्डै दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पारे ।

कन्दराले ब्याण्ड स्थापनाको ३२ वर्षको इतिहासमा ओटु सांझलाई ‘अविष्मरणीय’ भनेको छ । उसले यही स्टेजमा आफ्नो ३२ औं वार्षिकोत्सव समेत मनायो ।

ओटुमा कन्दरा गुन्जिंदा झण्डै २८ सय दर्शक साथ रहेको आयोजक मामाघर इन्टरटेन्मेन्टले जनाएको छ । सो अवसरमा गायक श्रेष्ठले झण्डै डेढ दर्जन नयां पुराना गीत गाए ।

गायक श्रेष्ठले तगारोमा रुमाल, जिन्दगीको यो उत्सव हो बरदान ईश्वरको, विदेशिएर गइन उनी, लेककी हे माया मोहनी सबैलाई लगाउने, विदेशिनु लेखियो कर्मैमा हङकङ पोखरा, तिमी हाँसे हासिदिउंला रोए फकाउंला, इलामे चियाले मितेरी लायो, चिसो चिसो हावामा, सांग्रीलाको लेक भरी फुलैफुलको बासना, हे कस्तो ठाउँमा आइयो सोल्टी, फुलचोकीको डाँडैमा हिउं, चन्चले कान्छीको, कहाँ हिंडेकी कुन ठाउँ मनकी ए परी, तिमी पारी त्यो गाउँमा, बल्ल तल्ल भेट भको दिन जस्ता गीत सुनाए । उनले हरेक गीतम गाउंदा दर्शकले वान्स मोर भनिरहेका थिए ।

गायक श्रेष्ठले गोपाल योन्जनको धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई समेत गाएर बेलायतका नेपालीलाई नेपाल फर्कन आग्रह गरे ।

‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत कन्दराले लन्डनमा गरेको पहिलो विदेशस्थित कन्सर्ट हो ।

गायक विवेक श्रेष्ठ

उक्त कन्सर्टमा गायक स्वप्न सुमन पनि आफ्नो ब्याण्ड द आस्टर्सका साथ प्रस्तुत भएका थिए । स्वप्न सुमनले एक घण्टा अवधिमा उपहार, क्रमशः, वाचा भयो, के सारहो राम्री भको, जे छौ तिमी, आकाशैमा नौ लाखे तारा जस्ता गीत गाएर युवा मन जिते ।

मामाघर इन्टरटेनमेन्टका निर्देशक विमल तिमिल्सेनाले ‘इभेन्ट फर अल जेनेरेसन’ केन्द्रित उक्त कार्यक्रममा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले कार्यक्रम सफलताबाट भविष्यमा अझ ‘ग्रयाण्ड’ इभेन्ट गर्न आफूहरु उत्साहित भएको बताए ।

आङदोर्जे शेर्पा र सृजना गुरुङले होस्ट गरेको उक्त कन्सर्ट हेर्न प्रतिकुल मौसम वेवास्ता गर्दै 
युरोपदेखि यूकेका तीवटा राज्य स्कटल्याण्ड, वेल्स् र इंग्ल्याण्डका विभिन्न शहरबाट समेत दर्शक ओइरिए ।

कार्यक्रमको टाइटल स्पोन्सर व्यवसायी राज पाण्डेको राष्ट्रिय पोशाकघर यूके थियो भने मिडिया पार्टनरमा नेपालीलिंक र भिडियो/फोटोग्राफीमा के के फिल्मस् एण्ड मिडिया थियो । इभेन्टलाई अन्य कयौं कम्पनीले समेत प्रायोजन गरेका थिए ।

मामाघर इन्टरटेनमेन्ट लि. गत वर्षमात्र स्थापना भएको हो । सो कम्पनीमा विभिन्न क्षेत्रका १० युवा आवद्ध छन् । कम्पनीको निर्देशक विमल तिमिल्सेना हुन् भने शेयरहोल्डरहरुमा इन्द्रबहादुर ढकाल, राजाराम बुढाथोकी, अनिल बस्नेत, नितेश ढुंगाना, प्रशान्त भट्टराई, दयाराम बुढाथोकी, सुमन खतिवडा, सुमन पाण्डे र दिपेश रन्जित आवद्ध छन् ।

ओटु कन्सर्ट ऐतिहासिक बनाउन कम्पनीकाबाहेक कान्ति गुरुङ श्रेष्ठ, दीपक खड्का, प्रतिमा जोशी, दीपक श्रेष्ठ लगायतले सहयोग गरेका थिए ।

मामाघर इन्टरटेनमेन्ट लि.को तेश्रो इभेन्ट नै अत्यधिक सफल भएपछि युवाहरु थप उत्साहित छन् । उनीहरुले सबै पुस्ता समेटिने गरि नियमित कार्यक्रम गर्ने उद्घोष समेत गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register