ऋण उठाउन गएका एनआईसी एशियाका कर्मचारीलाई पेट्रोल खनाएर मार्ने प्रयास !

काठमाडौँ । एनआईसी एशिया बैंकका कर्मचारीमाथि ज्यान मार्ने प्रयास भएको छ । रौतहटमा ऋण उठाउन गएका बैंकका दुई जना कर्मचारीमाथि ज्यान मार्ने प्रयास भएको हो । बैंकको चन्द्रनिगाहपुर शाखा शाखा प्रबन्धक लक्ष्मण गिरीले इलाका प्रहरी कार्यालय गरुडामा दिएको जाहेरी अनुसार बैंकको महागढीमाई शाखाका शाखा इन्चार्ज विकास श्रेष्ठ र एक्सपिरियन्स एंकर जयदीप कुशवाहामाथि ऋणीले पेट्रोल खन्याएर […]

Jan 5, 2025 - 11:20
 0
ऋण उठाउन गएका एनआईसी एशियाका कर्मचारीलाई पेट्रोल खनाएर मार्ने प्रयास !

काठमाडौँ । एनआईसी एशिया बैंकका कर्मचारीमाथि ज्यान मार्ने प्रयास भएको छ । रौतहटमा ऋण उठाउन गएका बैंकका दुई जना कर्मचारीमाथि ज्यान मार्ने प्रयास भएको हो ।

बैंकको चन्द्रनिगाहपुर शाखा शाखा प्रबन्धक लक्ष्मण गिरीले इलाका प्रहरी कार्यालय गरुडामा दिएको जाहेरी अनुसार बैंकको महागढीमाई शाखाका शाखा इन्चार्ज विकास श्रेष्ठ र एक्सपिरियन्स एंकर जयदीप कुशवाहामाथि ऋणीले पेट्रोल खन्याएर ज्यान लिने प्रयास गरेका हुन् ।

बैंकको महागढीमाई शाखाबाट ऋण लिएका नारायण सहनीको किस्ता अनियमित भएपछि गत पुष ४ गते श्रेष्ठ र कुशवाहा कानून अनुुसार धितो सम्पत्ति लिलाम बिक्री गर्ने कारवाही अघि बढाउन गरुडा नगरपालिका–३ मलाही टोल पुगेका थिए । तर, कानून अनुसार प्रक्रिया अघि बढाउन पुगेका उनीहरुमाथि ऋणी समूहले दूव्र्यवहार गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ ।

अझ यतिसम्म कि बैंकका कर्मचारीमाथि पेट्रोल खन्याएर ज्यान मार्ने प्रयास गरेको पनि जाहेरीमा उल्लेख छ । ‘ऋणी नारायण सहनी, ऋणीको श्रीमती चमेली सहनी, बिनोद सहनी र सिकेन्द्र सहनीले बैंकका कर्मचारीहरुलाई गालिगलौज गरी, हातपात गरी पेट्रोल खनाई लाइटर लिएर ज्यान मार्ने गरी आक्रमण गरेको, बैंकका कर्मचारीहरु विकास श्रेष्ठ र जयदीप कुशवाहा सो स्थानबाट भागेर ज्यान जोगाइ प्रहरी कार्यालय गरुडामा पुगेकोमा निज नारायण सहनी, चमेली सहनी, बिनोद सहनी र सिकेन्द्र सहनी उपर प्रचलित कानून बमोजिम कारवाही गरि पाउँ भनी निवेदन पेश गरिएको छ ।’, जाहेरीमा उल्लेख छ ।

बैंकका कर्मचारीहरुले घटनाको प्रमाणस्वरुप घटनाको समयको भ्वाइस रेकर्ड र शाखा इन्चार्जको घटना स्थलमा पेट्रोल लागेको ज्याकेट पनि प्रहरीमा बुझाएको बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register