नेपाल निजामती कर्मचारी संगठन दिवसमा संघीय निजामती सेवा विधेयकको माग

काठमाडौँ।  नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको आयोजनामा, ट्रेड युनियन दर्ता दिवसका अवसरमा संघीय निजामती सेवा विधेयक सम्वन्धमा अन्तकृया एंवम शुभकामना आदान प्रदान कार्यक्रम नेकपा एमालेका नेता तथा  ’सत्ता पक्षका मुख्य सचेतक महेश वर्तौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । बतौलाले ऐनका बिषयमा छलफल भएका छन बिषयनै नबुझि विज्ञप्ती निकालेर गाली गलोज गर्नु बेठीक […]

Jan 5, 2025 - 12:49
 0
नेपाल निजामती कर्मचारी संगठन दिवसमा संघीय निजामती सेवा विधेयकको माग

काठमाडौँ। 

नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको आयोजनामा, ट्रेड युनियन दर्ता दिवसका अवसरमा संघीय निजामती सेवा विधेयक सम्वन्धमा अन्तकृया एंवम शुभकामना आदान प्रदान कार्यक्रम नेकपा एमालेका नेता तथा  ’सत्ता पक्षका मुख्य सचेतक महेश वर्तौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

बतौलाले ऐनका बिषयमा छलफल भएका छन बिषयनै नबुझि विज्ञप्ती निकालेर गाली गलोज गर्नु बेठीक हो । छलफलका बिषयलाई छायामा पार्ने गरी  अन्तर विरोध गर्ने काम भयो । यस बिषयमा मेरो ध्यानाकर्षण भएको छ । नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिले संसदमा विचाराधिन रहेको संघीय निजामती सेवा ऐन विधेयक २०८०“ का सम्बन्धमा “ सम्पूर्ण निजामती कर्मचारीहरु एकजुट होऔ“ भन्ने मुल नाराका साथ आयोजित छलफल कार्यक्रममा प्रमुख सचेतक बर्तौलाले उक्त भनाई राखेका हुन् । 

उनले आरक्षणका नाममा बर्षौबर्ष सम्म एउटै व्यक्तिले आरक्षण पाईरहने र संगठनको नाममा एकपटक नियुक्ति लिएर सिंहदरबार पसेपछि जिवनभरि त्यही विताउँने र व्यक्तिगत वृद्धि विकासका काममा मात्र लाग्न नहुने बताउँदै विधेयक समय सापेक्ष रुपमा छलफलका माध्यमबाट टुंगोमा पुग्ने बताए । 

सोही अवसरमा संगठनका अध्यक्ष लेखनाथ कोइरालाले विधेयक संशोधनको प्रस्ताव ९ बर्ष देखि सदनमा अड्किएकोले छिटो निकास दिनुपर्ने बताए । नेपाल निजामती कर्मचारी संगठनले नागरिकको पक्षमा काम गर्ने र सामाजिक सेवा समेत गर्दै आएको बताए । उनले ६९ जिल्लामा सहकारी संस्था समेत खोली सेवा प्रदान गर्दै आएको बताए । उनले नेपाल निजामती कर्मचारी संगठनको अवधारणाका बारेमा २०६२ साल चैत्र ३० गते ७ राजनैतिक पार्टीका शीर्ष नेताहरुले प्रेस नोट जारी गर्दै कर्मचारीलाई लोकतन्त्रको पक्षमा उत्रन आव्हान गरेकै हुन् । यसकै आधारमा देशव्यापी आन्दोलनमा उत्रिएका कति कर्मचारीको जागिर समेत गएको थियो । अब केन्द्रीय ऐन छिटै आउनुपर्छ भने। 

नेपाल निजामती कर्मचारी संगठनका पूर्व सचिव विनोद बहादुर कुँवरले जनताको अनुभूतिमा जिम्मेवार बनौ एकले अर्कोलाई दोषारोपण नगरौ । नागरिकका धेरै काम हामी कर्मचारीले गर्नुपर्छ । निष्पक्ष ढंगले काम गर्न समन्वय र सहकार्यको खाँचो छ भने । त्यस्तै पूर्व अध्यक्ष पुष्य प्रसाद ढकालले राज्य व्यवस्था सुसासन समितिमा छलफलमा रहेको कानुनी विषय तहगत छलफल भइरहेको र छिटो टुंगोमा पुग्नुपर्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register