सरकारको नीतिका कारण निर्माण व्यवसाय क्षेत्र संकटमा

झापा, २१ पुस । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारको नीतिका कारण निर्माण व्यवसाय क्षेत्र संकटमा पर्दै गएको बताएका छन् । आज निर्माण व्यवसायी संघ झापाको बिर्तामोडमा सम्पन्न १६ औं साधारणसभा एवम् अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले व्यवसायीले निर्माण कार्य गरेवापत विगतका आर्थिक वर्षमै भुक्तानी हुनुपर्ने ठूलो रकम अझै नपाउँदा निर्माण [...] The post सरकारको नीतिका कारण निर्माण व्यवसाय क्षेत्र संकटमा appeared first on Jhapa Online.

Jan 5, 2025 - 15:09
 0
सरकारको नीतिका कारण निर्माण व्यवसाय क्षेत्र संकटमा

झापा, २१ पुस । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारको नीतिका कारण निर्माण व्यवसाय क्षेत्र संकटमा पर्दै गएको बताएका छन् ।

आज निर्माण व्यवसायी संघ झापाको बिर्तामोडमा सम्पन्न १६ औं साधारणसभा एवम् अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले व्यवसायीले निर्माण कार्य गरेवापत विगतका आर्थिक वर्षमै भुक्तानी हुनुपर्ने ठूलो रकम अझै नपाउँदा निर्माण उद्योगमा विकराल अवस्था सिर्जना भएको बताए ।

त्यस्तै, महासंघका सल्लाहकार निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष एडी लामा, उपाध्यक्ष मोहनप्रसाद अधिकारी, एशोसिएट उपाध्यक्ष रामजी पन्त, महासचिव रोशन दाहाल, निर्माण व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष जनसेवक भण्डारी, निर्माण व्यवसायी संघ झापाका निवर्तमान अध्यक्ष गणेश बस्नेत, संघका मोरङ अध्यक्ष महेश मिश्र लगायतले लामो समयदेखि पेट्रोलियम पदार्थ (डिजेल, बिटुमिन, पेट्रोल, ग्यास), फलामजन्य निर्माण सामग्रीहरु छड, ग्याबिन तार, पाता, आइरन ब्लेड लगायतका विभिन्न निर्माण सामग्रीको अप्रत्यासित मूल्यबृद्धि भएको समयमा समेत सरकारले मूल्य समायोजन नगर्दा अहिले निर्माण व्यवसायीले काम गर्न सक्ने अवस्था नभएको बताएका थिए ।

संघका अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा आयोजित समारोहमा स्वागत संघका प्रथम उपाध्यक्ष रमेश अधिकारीले गरेका थिए भने सञ्चालन महासचिव पुष्पराज निरौलाले गरेका थिए । सो ही समारोहका बीच संघले झापाका अग्रज निर्माण व्यवसायी प्रभाखर कडरिया, यज्ञराज ओली र अर्जुन संग्रौलालाई सम्मान गरेको थियो । उनीहरुलाई प्रमुख अतिथि सिंहले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका थिए ।

यसैबीच, संघको नयाँ नेतृत्वका लागि सोमबारदेखि निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन समितिका संयोजक गोपालबहादुर थापाले जानकारी दिएका छन् । यसपटक चारसय बढी व्यवसायी अधिवेशनमा सहभागी भएको संघका कार्यालय सचिव ज्योति पौडेलले जानकारी दिए ।

The post सरकारको नीतिका कारण निर्माण व्यवसाय क्षेत्र संकटमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register