पूर्वमन्त्री मुछिएको मानव तस्करी प्रकरण : तीन जना पुर्पक्षका लागि थुनामा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव तस्करी तथा लिखतसम्बन्धी आरोप लागेका तीन जनालाई थुनामा पठाउने आदेश दिएको छ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको घटनामा न्यायाधीश बलराम लम्सालको इजलासले यस्तो आदेश दिएको हो । जसमा महेश पाण्डे, जुगल रिजाल र वीरबहादुर सुनुवार छन् । साथै, सो घटनामा पक्राउ परेका तीन जनालाई […]

Nov 29, 2024 - 11:59
 0
पूर्वमन्त्री मुछिएको मानव तस्करी प्रकरण : तीन जना पुर्पक्षका लागि थुनामा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव तस्करी तथा लिखतसम्बन्धी आरोप लागेका तीन जनालाई थुनामा पठाउने आदेश दिएको छ ।

कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको घटनामा न्यायाधीश बलराम लम्सालको इजलासले यस्तो आदेश दिएको हो । जसमा महेश पाण्डे, जुगल रिजाल र वीरबहादुर सुनुवार छन् ।

साथै, सो घटनामा पक्राउ परेका तीन जनालाई धरौटीमा र दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

यसअघि अधिकारीमाथि मुद्दा नचल्ने निर्णय जिल्ला सरकारी वकिलको कार्यालयले गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register