झापामा सीमाबासीसँग सशस्त्र प्रहरी : धार्मिकस्थल सरसफाई र ट्युबवेल निर्माण
बनियानी, २२ पुस । सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तरगत सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाले आज सरसफाई र ट्युबेल निर्माण गरेको छ । सशस्त्र प्रहरीले भद्रपुर नगरपालिका–२ र ३ स्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल किचकवधको सरसफाई र कचनकवल गाउँपालिका–४ मा ट्युबवेल निर्माण गरी उद्घाटन गरेको हो । सरसफाइ कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख [...] The post झापामा सीमाबासीसँग सशस्त्र प्रहरी : धार्मिकस्थल सरसफाई र ट्युबवेल निर्माण appeared first on Jhapa Online.

बनियानी, २२ पुस । सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तरगत सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाले आज सरसफाई र ट्युबेल निर्माण गरेको छ ।
सशस्त्र प्रहरीले भद्रपुर नगरपालिका–२ र ३ स्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल किचकवधको सरसफाई र कचनकवल गाउँपालिका–४ मा ट्युबवेल निर्माण गरी उद्घाटन गरेको हो ।
सरसफाइ कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले धार्मिकस्थलहरूको संरक्षण हामी सबैको दायित्व भएको बताउँदै किचकवध सरसफाई अभियानले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले सीमावासी जनताको हितमा सशस्त्र प्रहरी बल नेपालले गर्दै आएका सामाजिक कार्यहरूको चर्चा गर्दै धार्मिक स्थलहरूको संरक्षण, सीमा सुरक्षामा नागरिक सहकार्यको महत्व र आपराधिक गतिविधि नियन्त्रणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
यसैबीच, आज सीमामा आवतजावत गर्ने तथा स्थानीय जनता लागि खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले कचनकवल–४ निर्माण गरिएको ट्युवेलको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी र सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले ट्युबवेल उद्घाटन गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कचनकवल गाउँपालिकाका अध्यक्ष राजवंशीले सशस्त्र प्रहरी बलले सीमा सुरक्षामा मात्र नभई सीमाबासी जनताको जीवनस्तर सुधार्न पनि महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्नुभयो ।
The post झापामा सीमाबासीसँग सशस्त्र प्रहरी : धार्मिकस्थल सरसफाई र ट्युबवेल निर्माण appeared first on Jhapa Online.
What's Your Reaction?






