आज बाला चतुर्दशी; शिवालयमा सतबीज छर्नेको भीड (तस्वीरहरु)

त्रयोदशीको राति जाग्राम बसेर दीप प्रज्वलन गरी आज बिहान पवित्र नदीमा दीप बगाइ सतबीज छरिने गरिन्छ।

Nov 30, 2024 - 01:11
 0
आज बाला चतुर्दशी; शिवालयमा सतबीज छर्नेको भीड (तस्वीरहरु)

काठमाडौँ। आज (शनिवार) मङ्सिर शुक्ल चतुर्दशी अर्थात् बाला चतुर्दशी। हिन्दु धर्मावलम्बीहरूले आज पशुपतिनाथ लगायतका देशभरका शिवालयहरुमा सतबीज छरी यो पर्व मनाउँदै छन्।

त्रयोदशीको राति जाग्राम बसेर दीप प्रज्वलन गरी आज बिहान पवित्र नदीमा दीप बगाइ सतबीज छरिने गरिन्छ।

सात प्रकारका अन्नहरू गहुँ, मकै, चना, तिल, तोरी, सिमी, र कालो तिललाई सतबीजका रूपमा प्रयोग गरिन्छ। धार्मिक मान्यताअनुसार, बाला चतुर्दशीको अनुष्ठानले पितृलाई सद्गति प्राप्त हुने विश्वास गरिन्छ।

तस्वीरहरु:- 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register