पर्यटकीय स्थल नमोबुद्ध, जहाँ बन्दै छ नयाँ पुस्ताको पिकनिक हब (भिडिओ)

काभ्रे । धार्मिक आस्थाको प्रतीक नमोबुद्ध पछिल्लो समय नयाँ पुस्ताका लागि मनोरञ्जन, घुमफिर तथा पिकनिकको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । काठमाडौंको कोलाहलबाट सवा एक घण्टामा पुग्न सकिने यो शान्त र रमणीय स्थल काभ्रेपलान्चोक जिल्लामा जिल्लामा पर्छ । काठमाडौंबाट ४० किमी पर रहेको नमोबुद्ध पुग्न बनेपा हुँदै धुलिखेल र पनौतीबाट जाने दुई मध्ये कुनै एक […]

Nov 30, 2024 - 04:47
 0
पर्यटकीय स्थल नमोबुद्ध, जहाँ बन्दै छ नयाँ पुस्ताको पिकनिक हब (भिडिओ)

काभ्रे । धार्मिक आस्थाको प्रतीक नमोबुद्ध पछिल्लो समय नयाँ पुस्ताका लागि मनोरञ्जन, घुमफिर तथा पिकनिकको उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।

काठमाडौंको कोलाहलबाट सवा एक घण्टामा पुग्न सकिने यो शान्त र रमणीय स्थल काभ्रेपलान्चोक जिल्लामा जिल्लामा पर्छ ।

काठमाडौंबाट ४० किमी पर रहेको नमोबुद्ध पुग्न बनेपा हुँदै धुलिखेल र पनौतीबाट जाने दुई मध्ये कुनै एक बाटो छनोट गर्न सकिन्छ । जहाँबाट गए पनि काठमाडौंको कोटेश्वरबाट सवा एक घण्टा लाग्छ ।

नमोबद्धमा बौद्ध धर्मप्रतिको आस्था र शान्त परिवेश झल्काउने वातावरण छ ।

प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्त्वले भरिएको यस ठाउँमा पर्यटकले शान्त परिवेशमा हिमाल, हरियाली डाँडाकाँडा, ऐतिहासिक चैत्य र गुम्बाको कलात्मकता हेर्न सक्छन् ।

घुमघाम र पिकनिक मात्र नभई यहाँ पछिल्लो समय विद्यालयले विद्यार्थीहरूलाई भ्रमण ल्याउने गरेका छन् । यहाँ प्राचीन महत्त्व बोकेको मठ मन्दिरहरू भएकाले अध्ययन, अवलोकन गर्नेहरूको रुचि देखिन्छ । नमोबुद्ध बौद्धमार्गीको प्रख्यात र प्रसिद्ध धार्मिक आस्थाको केन्द्रको रुपमा पनि परिचित छ ।

पिकनिक हब बन्दै

गहते सामुदायिक बन पिकनिक स्पटको रूपमा विशेष लोकप्रिय छ, जहाँबाट हिमशृङ्खला, उपत्यका र वरपरका गाउँहरूको दृश्यावलोकन गर्न सकिन्छ ।

झलल हिमाल देखिने र पारिलो घाम लाग्ने पिकनिक स्पटबाट काभ्रेका पनौती, भकुन्डेबेसी, दाप्चा, तेमाललगायतका ठाउँहरू प्रस्ट देखिन्छ ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ठाउँ भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकहरू नमोबुद्ध घुम्न आउने गरेको जनप्रतिनिधि कृष्ण तामाङ बताउँछन् ।

२०७९ को स्थानीय तह निर्वाचनबाट कुनसाङ लामा मेयरमा निर्वाचित भएपछि नमोबद्धको प्रचारप्रसार थप तीव्र छ । त्यसपछि पर्यटकीय गतिविधि थप बढेको स्थानीय बताउँछन् ।

स्थानीय भन्छन्, ‘कुनसाङ लामा नगर प्रमुखमा आएपछि नमोबद्धको प्रचारप्रसार बढेको छ । पर्यटक तथा तीर्थ यात्री पनि बढेका छन् । पदयात्राका लागि बाटोहरू बन्दैछन् । पर्यटन पूर्वाधार विकास भइरहेको छ । सांस्कृतिक उत्सवको प्रचारले यस ठाउँलाई थप प्रख्यात बनाइरहेको छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register