‘गोर्खा वारियर’ यूके फिल्म अवार्डको तीन विद्यामा फाइनलिष्टसम्म

लन्डन । मिलन चाम्स् निर्देशित नेपाली फिल्म ‘गोर्खा वारियर’ यूके फिल्म अवार्डसमा फाइनलिष्टसम्म पुग्न सफल भएको छ । गत २४ नोभेम्बर लन्डनस्थित पिक्चरहाउस सिनेमा हल, एप्सममा आयोजित समारोहमा वेष्ट एक्सन, वेष्ट इडिटिङ र वेष्ट भिएफएक्स् विद्यामा नेपाली फिल्म फाइनलिष्टसम्म पुगेको हो । नायक रितेश चाम्सले आफ्नो फिल्म फाइनलिष्टमा पुग्नु पनि सफलताको एउटा कडी भएको बताए […]

Nov 30, 2024 - 11:34
 0
‘गोर्खा वारियर’ यूके फिल्म अवार्डको तीन विद्यामा फाइनलिष्टसम्म


लन्डन । मिलन चाम्स् निर्देशित नेपाली फिल्म ‘गोर्खा वारियर’ यूके फिल्म अवार्डसमा फाइनलिष्टसम्म पुग्न सफल भएको छ ।

गत २४ नोभेम्बर लन्डनस्थित पिक्चरहाउस सिनेमा हल, एप्सममा आयोजित समारोहमा वेष्ट एक्सन, वेष्ट इडिटिङ र वेष्ट भिएफएक्स् विद्यामा नेपाली फिल्म फाइनलिष्टसम्म पुगेको हो ।

नायक रितेश चाम्सले आफ्नो फिल्म फाइनलिष्टमा पुग्नु पनि सफलताको एउटा कडी भएको बताए ।

यूके फिल्म अवार्डस् एक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल हो जुन विश्वभरका उत्कृष्ट फिल्म र वृत्तचित्रहरू प्रदर्शन गर्न समर्पित छ । गत २४ नोभेम्बर २०२४ मा पिक्चरहाउस सिनेमा, एप्सममा पनि कयौं फिल्महरु स्क्रिनिङ गरिएको थियो ।


पूर्वगोर्खा सैनिक मिलन चाम्सले निर्देशन गरेको उक्त फिल्मले यसअघि बाफ्टा अवार्डसमा ‘इन्ट्री’ पाएको थियो ।

ब्रिगेड अफ गोर्खाजहरुले मलाया आपतकालका बेला कम्युनिष्ट आतंककारीहरुसंग सन् १९४८ देखि १९६० सम्म झण्डै १२ वर्ष लडेर वीरता प्रदर्शन गरेका थिए ।

मलाया युद्धमा वीरताको कथामा बनेको फिल्म ‘गोर्खा वारियर’ को अन्तर्राष्ट्रिय रेडकार्पेट प्रिमियर गत १० सेप्टेम्बरमा सेन्ट्रल लन्डनको लेस्टर स्क्वायरस्थित आइम्याक्स सिने वर्ल्डमा भएको थियो ।

हलिउड फिल्म प्रिमियर र विभिन्न अन्तर्राष्ट्रिय अवार्डसका लागि लोकप्रिय उक्त हलमा पहिलो पटक नेपाली फिल्म प्रिमियर भएर यसले निकै चर्चा बटुलेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register