‘विवादित प्रवक्ता’लाई सरुवा गर्दै अध्यक्षले गरे बोर्ड सुधारको सुरुवात, डा. अधिकारीको पूर्ववत् जिम्मेवारी खोसियो 

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरिएको छ । बोर्ड अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भए लगत्तै बोर्डको विभागीय जिम्मेवारी हेरफेर गरिएको हो ।  बोर्ड अध्यक्ष श्रेष्ठले बोर्डको पदभार ग्रहण गरेको भोलिपल्टै बोर्डमा रहेको चार विभागमध्ये तीन विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेका हुन् । तर, बोर्डको नियमन विभागमा रहेका कार्यकारी निर्देशक मुक्ति […]

Dec 2, 2024 - 03:47
 0
‘विवादित प्रवक्ता’लाई सरुवा गर्दै अध्यक्षले गरे बोर्ड सुधारको सुरुवात, डा. अधिकारीको पूर्ववत् जिम्मेवारी खोसियो 

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरिएको छ । बोर्ड अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भए लगत्तै बोर्डको विभागीय जिम्मेवारी हेरफेर गरिएको हो । 

बोर्ड अध्यक्ष श्रेष्ठले बोर्डको पदभार ग्रहण गरेको भोलिपल्टै बोर्डमा रहेको चार विभागमध्ये तीन विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेका हुन् । तर, बोर्डको नियमन विभागमा रहेका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठको भने जिम्मेवारी हेरफेर गरिएको छैन ।

यसअघि व्यवस्थापन र कानून विभाग प्रमुख रहेका बोर्डका वरिष्ठ कार्यकारी निर्देशक नवराज अधिकारीलाई नीति अनुसन्धान र तालिम विभागको जिम्मेवारी दिइएको छ । अधिकारी धितोपत्र बोर्डको अध्यक्षका उम्मेदवार र बोर्ड अध्यक्ष श्रेष्ठका प्रतिस्पर्धी हुन् । 

त्यस्तै, व्यवस्थापन र कानून विभाग प्रमुखको जिम्मेवारी यसअघि सुपरीवेक्षण विभाग प्रमुख रहेका कार्यकारी निर्देशक विनयदेव आचार्यलाई दिइएको छ भने सुपरीवेक्षण विभागको जिम्मेवारी नीति, तालिम तथा अनुसन्धान विभागमा रहेका कृष्णराज पोखरेललाई दिइएको छ । त्यस्तै, बोर्ड अध्यक्ष श्रेष्ठले बोर्डको प्रवक्ताको जिम्मेवारी पनि हेरफेर गरेका छन् । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेको डा. अधिकारीलाई हटाएर प्रवक्तामा बोर्डका उपकार्यकारी निर्देशक निरंजय घिमिरेलाई ल्याइएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register