व्यवसायी राहत कोषका लागि निरन्तर सहयोग जुट्दै

झापा, ३० मंसीर । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यावसायिक राहत कोषका लागि रकम जम्मा हुने क्रम जारी छ । सामाजिक क्षेत्रका अगुवा तथा व्यवसायीहरुले विभिन्न अवसर परेर संघले स्थापना गरेको कोष बृद्धिका लागि सहयोग गर्दै आएका छन् । व्यवसायीलाई विपद् पर्दा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको कोषका लागि बिर्तामोडका युवा व्यवसायी नारायणप्रसाद चिमरियाले [...] The post व्यवसायी राहत कोषका लागि निरन्तर सहयोग जुट्दै appeared first on Jhapa Online.

Dec 15, 2024 - 13:28
 0
व्यवसायी राहत कोषका लागि निरन्तर सहयोग जुट्दै

झापा, ३० मंसीर । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यावसायिक राहत कोषका लागि रकम जम्मा हुने क्रम जारी छ ।

सामाजिक क्षेत्रका अगुवा तथा व्यवसायीहरुले विभिन्न अवसर परेर संघले स्थापना गरेको कोष बृद्धिका लागि सहयोग गर्दै आएका छन् । व्यवसायीलाई विपद् पर्दा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको कोषका लागि बिर्तामोडका युवा व्यवसायी नारायणप्रसाद चिमरियाले शनिवार २१ हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले आफ्नो जन्म दिनको अवसर परेर संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम प्रदान गरेका हुन् । चिमरिया संघको पूर्व वाणिज्य उपाध्यक्ष तथा च्याङथापु स्टोरका सञ्चालक हुन् । उनी नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय महासचिव समेत रहेका छन् ।

चिमरियाले संघले स्थापना गरेको कोषमा रकम वृद्धिका लागि सहयोग पु¥याएसँगै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेले कदरपत्र प्रदान गरेका थिए ।

त्यस्तै सुनचाँदी व्यवसायी राजकुमार गुप्ताले शुक्रवार आफ्नो जन्म दिनको अवसर पारेर संघले स्थापना गरेको कोष वृद्धिका लागि २५ हजार रुपैयाँ सहयोग गरेका छन् । उनी राज ज्वेलर्सका संचालक हुन् । उनले पनि संघमा आयोजित संक्षिप्त कार्यक्रमका बीच संघका अध्यक्ष न्यौपानेलाई सहयोग रकम प्रदान गरेका थिए ।

यस अघि युवा व्यवसायी रुपक ओडारीले आफ्नो जन्म दिनको अवसर पारेर पाँच हजार एक सय रुपैयाँ सहयोग गरेका थिए ।

त्यसो त संघले स्थापना गरेको कोषका लागि बिर्तामोडका अर्का व्यवसायी संजय चौधरी र भुपेन्द्र भण्डारीले समेत सहयोग गरेका छन् । उनीहरुले समेत जन्म दिनको अवसर पारेर संघले स्थापना गरेको कोष वृद्धिका लागि सहयोग गरेका छन् । संजय लेडिज कर्नरका सञ्चालक चौधरीले २१ हजार एक सय ११ रुपैयाँ र कर पराशर्म सेवाका सञ्चालक भण्डारीले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् ।

जन्म दिनकै अवसरमा संघकी पूर्व कार्य समिति सदस्य तुलसा ढकाल खनालले २१ हजार रुपैयाँ सहयोग गरेकी छिन् । उनी रिया कस्मेटिक सेन्टरकी संचालक हुन् ।

संघले स्थापना गरेको कोषमा सहयोग गर्ने उनीहरु प्रतिनिधि व्यवसायी हुन् । उनीहरु जस्ता धेरै व्यवसायीले अहिले आफ्नो जन्म दिन, विवाह उत्सव तथा अन्य विभिन्न अवसरका राहत कोषका लागि रकम प्रदान गर्दै आएका छन् ।

संघले सकारात्मक कार्यको सुरुवात गरेको भन्दै अहिले अधिकांश व्यवसायीले फजुल खर्चलाई कटाएर सामाजिक हितका लागि भन्दै संघको कोष वृद्धिका लागि सहयोग उपलब्ध गराउँदै आएको संघका महासचिव कुशल खतिवडाको भनाई छ ।

The post व्यवसायी राहत कोषका लागि निरन्तर सहयोग जुट्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register