बेलका-९ मा विवादित २२० मत पुनः गणना गरियो, माओवादीले लियो अग्रता

काठमाडौं । बेलका नगरपालिका–९ को वडा अध्यक्षको उपनिर्वाचनमा बदर मतको विवादले रोकिएको मतगणना पुन:जारी भएको छ । ५०० मत गणना गर्दा २२० मत बदर भेटिएपछि विवादका कारण रोकिएको गणना विवादित २२० मत पुनः गणना गर्ने निर्णय भएको हो । ५०० मत गणना गर्दाको अवस्थामा माओवादीका भरत घिमिरेले १४१ मतसहित अग्रता लिएका छन् । यस्तै नेकपा […]

Dec 2, 2024 - 14:47
 0
बेलका-९ मा विवादित २२० मत पुनः गणना गरियो, माओवादीले लियो अग्रता

काठमाडौं । बेलका नगरपालिका–९ को वडा अध्यक्षको उपनिर्वाचनमा बदर मतको विवादले रोकिएको मतगणना पुन:जारी भएको छ ।

५०० मत गणना गर्दा २२० मत बदर भेटिएपछि विवादका कारण रोकिएको गणना विवादित २२० मत पुनः गणना गर्ने निर्णय भएको हो ।

५०० मत गणना गर्दाको अवस्थामा माओवादीका भरत घिमिरेले १४१ मतसहित अग्रता लिएका छन् । यस्तै नेकपा एमालेका मोहन खड्का १३३ मतसहित दोस्रो स्थानमा छन् ।

नेपाली कांग्रेसका नबिन बस्नेतले १०६ मत पाएका छन् भने जसपाका राजकुमार राईले ५६ मत पाएका छन् । बदर मत ९ रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register