को हुन् बेलायत आउन लागेका राजदूत घिमिरे ? यस्ता छन् उनका प्राथमिकता

लन्डन । बेलायतका लागि राजदूत नियुक्त चन्द्रकुमार घिमिरे छिट्टै जिम्मेवारी सम्हाल्न यहां आउने तयारी छ । १७ नोभेम्बरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा घिमिरेलाई संयुक्त अधिराज्य (यूके) का लागि राजदूत नियुक्त गरेपछि उनी छिट्टै यहां आउन लागेका हुन् । २०० वर्षभन्दा लामो कूटनीतिक इतिहास बोकेको राष्ट्रमा राजदूतको भूमिका निर्वाह गर्न पाउनु आफ्ना […]

Dec 3, 2024 - 21:17
 0
को हुन् बेलायत आउन लागेका राजदूत घिमिरे ? यस्ता छन् उनका प्राथमिकता

लन्डन । बेलायतका लागि राजदूत नियुक्त चन्द्रकुमार घिमिरे छिट्टै जिम्मेवारी सम्हाल्न यहां आउने तयारी छ ।

१७ नोभेम्बरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा घिमिरेलाई संयुक्त अधिराज्य (यूके) का लागि राजदूत नियुक्त गरेपछि उनी छिट्टै यहां आउन लागेका हुन् ।

२०० वर्षभन्दा लामो कूटनीतिक इतिहास बोकेको राष्ट्रमा राजदूतको भूमिका निर्वाह गर्न पाउनु आफ्ना लागि ठूलो सम्मान र गौरव भएको उनी बताउंछन् ।
बेलायत आउन लागेका राजदूत घिमिरेबारे जान्न यहांको नेपाली समुदाय उत्सुक छ । उनको कार्यकालमा के छन् प्रमुख प्राथमिकता ? नेपालीलिंकले उनका केही एजेण्डा यहां प्रस्तुत गरेको छ ।

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो राष्ट्र बेलायतका लागि राजदूतका रुपमा आउन लागेका घिमिरे लगानी, व्यापार तथा सार्वजनिक नीतिमा दख्खल राख्ने नेपाल सरकारका पूर्व सचिव हुन् । उनले आफ्नो कार्यकालमा आर्थिक कूटनीतिलाई प्राथमिकता दिने बताएका छन्।

आफ्नो कूटनीतिक भूमिका ग्रहण गर्न विश्वव्यापी प्रभाव भएको देशमा आउने तयारी गरिरहंदा घिमिरे अहिले काठमाडौंमा आफ्ना पूर्ववर्तीहरू, उद्यमी र सेवानिवृत्त गोर्खाहरू लगायत विभिन्न समुदायका सदस्यहरूसँग भेटघाटमा व्यस्त छन्।

निजामति सेवामा तीन दशक बढीको अनुभव हासिल गरि सचिव पदबाट अवकासप्राप्त घिमिरेले व्यापार, पारवहन, उद्योग र लगानीका क्षेत्रमा लामो अनुभव संगालेका छन् । उनले यसअघि भारतको कोलकाता वाणिज्य दूतावासमा कन्सुल जनरलको रुपमा पनि सेवा गरेका थिए ।

उल्लेखनीय के छ भने कोलकाता वाणिज्य दूतावासमा घिमिरेको कार्यकाल महत्त्वपूर्ण रह्यो, किनकि यो नेपालको सबैभन्दा पुरानो कूटनीतिक नियोग थियो, जसले सन् १९३४ मा लन्डनमा नेपालको आधिकारिक नियोग स्थापना नभएसम्म बेलायतसँग द्विपक्षीय सम्बन्धलाई सहजीकरण गरेको थियो।

सचिव पदबाट अवकाश पाएपछि नीति अनुसन्धानमा लागेका राजदूत घिमिरेले सन् २०२६ मा एलडीसी मान्यतापछिको नेपालको स्थिति र त्यसको व्यापार क्षेत्रमा पर्ने असरतर्फ आफ्नो अनुसन्धान केन्द्रित गरेका थिए ।

‘बेलायतका लागि राजदूतको रूपमा काम गर्नु मेरो लागि महत्त्वपूर्ण अवसर हो । म हाम्रो लामो समयदेखिको द्विपक्षीय सम्बन्ध अझ सुमधुर बनाउन प्रयास गर्नेछु’ उनी भन्छन्, ‘नेपालले सन् २०२६ सम्ममा एलडीसीको मान्यता प्राप्त गर्ने लक्ष्य राखेकाले म बेलायतको सहुलियत दरमा नेपालका उत्पादनहरूका लागि बजार अवसर पहिचान गर्न लगनशील भई काम गर्नेछु। बेलायतबाट विदेशी लगानी आकर्षित गर्ने कुरालाई पनि प्राथमिकता दिनेछु ।’

 

धरानमा जन्मेका घिमिरेले आर्थिक कूटनीति अभिवृद्धि, प्रत्यक्ष वैदेशिक लगानी प्रवर्धन र बेलायतबाट नेपालको उच्चस्तरीय औपचारिक भ्रमणलाई सहजीकरण गरी नेपाल–बेलायत सम्बन्ध उचाइमा पुरयाउने प्रतिबद्धता पनि उनको छ । उनले भूतपूर्व गोरखा सैनिकहरूको समस्या सम्बोधन गर्ने आफ्नो प्राथमिकता पनि सुनाए।

नेपालको समृद्धिका लागि बेलायती बजारमा नेपाली उत्पादनको पहुँचलाई सहज बनाउनु र नेपालमा बेलायती लगानी बढाउनु आफ्नो मुख्य उद्देश्य रहेको पनि राजदूत घिमिरेले बताए ।

नेपालको निजामती सेवामा विभिन्न पदमा रहेर तीन दशक बिताएका उनी सन् २०२१ जनवरीसम्म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव थिए । राजदूत घिमिरे आफ्नो सभ्य आचरण र अनुभवका कारण बेलायतमा आफ्नो भूमिकाका लागि योग्य देखिन्छन् ।

घिमिरेले राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि महत्वपूर्ण योगदान दिए । आफ्नो करियरमा उनले नीति सुधार र कार्यान्वयन दुवैमा प्रशंसनीय काम गरेका छन् ।

बेलायतले नेपालका लागि विकास साझेदारको रूपमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । विभिन्न क्षेत्रमा नेपाललाई बेलायती अनुदान सहायता प्रदान गर्न राजदूत घिमिरेको वृहत् अनुभवले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register