भोगटे सेवन गर्नुका छन् धेरै फाइदा

एजेन्सी । अहिले भोगटेको मौसम छ । यसै पनि मौसमी फल खानाले स्वास्थ्यलाई धेरै फाइदा मिल्छ । भोगटेमा भिटामिन सी प्रसस्त मात्रामा पाइन्छ जसका कारण यो स्वादमा अमिलो हुन्छ । यसले हाम्रो शरीरमा खराब कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत गर्छ । यो फलमा धेरै भिटामिन र मिनिरल्स हुन्छन्, यसैले यसको प्रयोग प्राचीन समयदेखि ज्वरो, पाचन […]

Nov 10, 2024 - 09:10
 0
भोगटे सेवन गर्नुका छन् धेरै फाइदा

एजेन्सी । अहिले भोगटेको मौसम छ । यसै पनि मौसमी फल खानाले स्वास्थ्यलाई धेरै फाइदा मिल्छ । भोगटेमा भिटामिन सी प्रसस्त मात्रामा पाइन्छ जसका कारण यो स्वादमा अमिलो हुन्छ ।

यसले हाम्रो शरीरमा खराब कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत गर्छ । यो फलमा धेरै भिटामिन र मिनिरल्स हुन्छन्, यसैले यसको प्रयोग प्राचीन समयदेखि ज्वरो, पाचन सम्बन्धि समस्या निको पार्न प्रयोग गरिन्थ्यो ।

छिप्पिएको भोगटे स्वादमा गुलियो र थोरै अमिलो हुन्छ भने नछिप्पिएको अलिबढि अमिलो हुने गर्छ । यो फल हाम्रो मुटुको लागि पनि फाइदाजनक छ ।

यसको अमिलोपनले हाम्रो मुटुका कोशिकालाई बलियो बनाउँछ ।

भोगटे खानुका फाइदा

  • यो फल भिटामिन सीले भरिपूर्ण हुन्छ । तिनीहरूले प्रतिरक्षा प्रणालीलाई बढाउँछन् । हड्डी तथा कपालको स्वास्थ्यमा सुधार गर्न सक्छन् ।
  • यसमा पाइने भिटामिन सीको मात्राले हाम्रो शरीरलाई रोगहरूसँग लड्न मद्दत गर्छ । यसमा एन्टिअक्सिडेन्ट गुण पनि पाइन्छ । जसले हाम्रो मांसपेशीलाई बलियो बनाउँछन् ।
  • यसको बोक्रा र बीजको सेवनले वाकवाकी र हिक्का रोक्न सकिन्छ । यो फलको प्रयोग मदिराको नशा हटाउन पनि गर्न सकिन्छ ।
  • यसले हाम्रो शरीरमा रक्त प्रवाह राम्रो बनाउन सहयोग गर्छ, जसले हाम्रो मुटु स्वस्थ रहन्छ । यो फल मौसम अनुसार सेवन गरिन्छ । त्यसैले जब यसको मौसम आउँछ हरेक दिन यो फल खानु फाइदाजनक हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register