तराईका केही स्थानमा बिहानैदेखि हुस्सु

काठमाडौं । हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सामान्यतया देशभरको मौसम सफा रहने विभागले बताएको छ । आज (बिहीबार) बिहान तराईका केही स्थानमा हुस्सु लागेको छ । ‘कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका […]

Dec 5, 2024 - 00:48
 0
तराईका केही स्थानमा बिहानैदेखि हुस्सु

काठमाडौं । हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सामान्यतया देशभरको मौसम सफा रहने विभागले बताएको छ ।

आज (बिहीबार) बिहान तराईका केही स्थानमा हुस्सु लागेको छ ।

‘कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ,’ विभागले आज बिहान जारी गरेको सूचनामा भनिएको छ ।

विभागका अनुसार आज (बिहीबार) दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

शुक्रबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register