दोस्रो खेलबाट लयमा आएको काठमाडौं र बलियो मानिएको सुदूरपश्चिम आमने–सामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (बिहीबार) पनि दुई खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदान मंसिर १५ गतेदेखि जारी एनपीएलअन्तर्गत आजकाे पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भिड्दैछन् । यो खेल बिहान ९ बजेपछि सुरु हुँदैछ । आज दिउँसो १ बजेपछि हुने अर्को खेलमा दोस्रो खेलबाट लयमा आएको काठमाडौं गुर्खाज र बलियो […]

Dec 5, 2024 - 01:48
 0
दोस्रो खेलबाट लयमा आएको काठमाडौं र बलियो मानिएको सुदूरपश्चिम आमने–सामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (बिहीबार) पनि दुई खेल हुँदैछन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदान मंसिर १५ गतेदेखि जारी एनपीएलअन्तर्गत आजकाे पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भिड्दैछन् । यो खेल बिहान ९ बजेपछि सुरु हुँदैछ ।

आज दिउँसो १ बजेपछि हुने अर्को खेलमा दोस्रो खेलबाट लयमा आएको काठमाडौं गुर्खाज र बलियो मानिएको सुदूरपश्चिम रोयल्स आमने–सामने हुँदैछन् । दुईमध्ये एक खेलमा जित र अर्कोमा हार ब्यहारेको काठमाडौं ‘बलियो टोली’ सुदूरपश्चिमलाई हराएर जितको लयलाई निरन्तरता दिन चाहन्छ ।

काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । बुधबार भएको दोस्रो खेलमा भने काठमाडौंले कर्णाली याक्समाथि रोमाञ्चक जित हात पार्यो ।

यता सुदूरपश्चिम पहिलो खेलमा विराटनगर किंग्सलाई फराकिलो अन्तरले हराउँदाको लय काठमाडौंविरुद्ध पनि कायम राख्न चाहन्छ ।

काठमाडौंको कप्तानी करण केसीले तथा सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरीले गर्नेछन् ।

पुस ६ गतेसम्म चल्ने एनपीएलमा आठ टोलीको सहभागिता छ । डबल राउन्ड रोबिन लिगपछि शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् । त्यसपछि फाइनलमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । ती दुईबीच उपाधि भिडन्त हुनेछ ।

लयमा रहेको जनकपुरलाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्यमा पोखरा

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register