नरेशले जुलाई २९ मै ममताको हत्या गरेको प्रहरीको खुलासा, कोठामा भेटिएको रगतसँग डीएनए मिल्यो

काठमाडौं । अमेरिकाको भर्जिनियामा बस्दै आएकी ममता काफ्लेको हत्या आरोपमा श्रीमान् नरेश भट्टविरुद्ध अभियोग दर्ता गरिने भएको छ । गत जुलाईदेखि बेपत्ता काफ्लेको विषयमा जानकारी दिन मानसास पार्कका प्रहरी प्रमुख मारियो लुगोले सोमबार साँझ पत्रकार सम्मेलन गरेका थिए । त्यसक्रममा लुगोले ममताको घरमा भेटिएको डीनएन रिपार्ट सार्वजनिक गरेका छन् । भट्टको सुत्ने कोठामा रहेको रगत […]

Dec 3, 2024 - 07:24
 0
नरेशले जुलाई २९ मै ममताको हत्या गरेको प्रहरीको खुलासा, कोठामा भेटिएको रगतसँग डीएनए मिल्यो

काठमाडौं । अमेरिकाको भर्जिनियामा बस्दै आएकी ममता काफ्लेको हत्या आरोपमा श्रीमान् नरेश भट्टविरुद्ध अभियोग दर्ता गरिने भएको छ ।

गत जुलाईदेखि बेपत्ता काफ्लेको विषयमा जानकारी दिन मानसास पार्कका प्रहरी प्रमुख मारियो लुगोले सोमबार साँझ पत्रकार सम्मेलन गरेका थिए ।

त्यसक्रममा लुगोले ममताको घरमा भेटिएको डीनएन रिपार्ट सार्वजनिक गरेका छन् । भट्टको सुत्ने कोठामा रहेको रगत ममताको नै भएको र जुलाई २९ मा नै हत्या भएको प्रमाण पाइएको खुलेको सीएनएनले जनाएको छ ।

यसअघि अदालतमा पेस गरिएको तस्वीरमा कोठाभित्र कार्पेट र बाथरुममा रगतका टाटा देखिएको थियो । अवस्था हेर्दा ममता जिउँदो हुने सम्भावना नरहेको पनि प्रहरीले अदालतमा बताएका थिए ।

लुगोले भने, ‘सुरुवातदेखि हामीले अपराधस्थलको आधारमा उनको हत्या भएको विश्वास गर्यौं, यसले (डीएनए परीक्षणको नतिजा) केसलाई मद्दत गर्दछ ।’

काफ्लेको शव टुक्रा-टुक्रा भएको देखाउने प्रमाणसँग शव लुकाएको आरोप जोडिएको भन्दै उनले भने, ‘हामीसँग बलियो प्रमाण छ जस्तो लाग्छ ।’

प्रिन्स विलियम काउन्टीको अनलाइन अदालतको रेकर्डअनुसार यसअघि भट्टलाई पनि हत्या गरेर शव लुकाएको आरोप लगाइएको थियो । आज मंगलबार भट्टविरुद्ध हत्या अभियोगमा मुद्दा दर्ता गरिने प्रहरी प्रमुख लुगोले जानकारी दिए । भट्ट अहिले प्रहरी हिरासतमै छन् ।

ममता गत साउन १५ गतेदेखि सम्पर्कविहीन थिइन् । ७ भदौमा नरेशलाई प्रहरीले पक्राउ गरेको थियो ।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका-२ घर भएका नरेश भट्ट ८ वर्ष अघि अमेरिका गएका थिए । उनी ०७३ साल साउनमा अमेरिका पुगेपछि केही समय उनले एउटा कम्पनीमा काम गरेका थिए ।

अमेरिका पुगेको एक वर्षपछि ०७४ साल असारमा उनी यूएस आर्मीमा भर्ती भएका थिए । उनी बेला-बेला नेपाल आइराख्थे ।

५ वर्षअघि अमेरिका बसाइकै क्रममा काभ्रेको पनौती घर भएकी ममता काफ्लेसँग नरेशको सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । सामाजिक सञ्जालबाटै दुईबीच प्रेम सम्बन्ध भयो ।

त्यतिबेला ममता भारतको बैङ्लोरमा नर्सिङ पढिरहेकी थिइन् । उनी भारतमै हुँदा नरेशले काभ्रेमा भएका ममताकी बुबाआमासँग फोनमा कुराकानी गरेका थिए ।

पढाइ सकेर ममता नेपाल आइन् । ०७७ साल मङ्सिर २७ मा नरेश र ममताको विवाह भएको थियो । विवाहको ८ महिनापछि ०७८ साल साउन १० मा ममता पनि अमेरिका उडिन् ।

एक वर्षअघि भदौमा ममताले छोरीलाई जन्म दिइन् । ममता भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत थिइन् ।

थप सम्बन्धित सामग्री-

तीज मनाउन नेपाल आउने तयारीमा थिइन् ममता, प्रतीक्षामा सजिएको घर डुब्यो शोकमा

हत्या भएको भनिए पनि भेटिएन ममताको शव, कार र घर बेचेर भाग्दै थिए नरेश !

नरेशका वकिलको दाबी : ममता जीवितै छिन्, अपरिचित महिलासँग निस्किएकी थिइन्

ममतालाई नरेशले नै हत्या गरेको प्रमाण अदालतमा पेस, १२ वटा पोका बनाएर फालेका थिए शव

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register